सन्दीपलाई विदेश खेल्न जान सर्वोच्चले दिएन अनुमति

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिन अस्वीकार गरेको छ । आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा दिएको निवेदनको आज न्यायाधीश ईश्वर खतिवडाको इजलासले सुनुवाई गरेको हो ।

साथै सर्वोच्चले सन्दीपको अर्को मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र पिएनजीविरूद्धको एकदिवसीय सिरिजका नेपाली टिम शनिबार युएई जाँदैछ ।

उक्त सिरिज खेल्न जान पाउनुपर्ने माग गर्दै सन्दीपले सर्वोच्चमा रिट दिएका थिए । नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पटानले विदेश जान रोक लगाउँदै २० लाख जमानतमा रिहा गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री