आँधी र भीषण बर्षाबाट भारतमा आठको मृत्यु

नयाँ दिल्ली। भारतको दक्षिणी भूभाग तामिल नाडू र केरला प्रान्तमा आएको भीषण आँधी र बर्षाबाट आठको  ज्यान गएको बताइएको छ । सो आँधीका कारण  १०० भन्दा बढी नागरिक हराएर बेपत्ता भएका छन्।बिहीबार रातिदेखि नै  हावाहुरी  र भीषण बर्षा आएको  थियो ।

तामिन नाडू, केरला र दक्षिणी भारतको लक्षदीप भन्ने स्थानमा सो  आँधीले ठूलो असर गरेको छ । संरचना एवम् प्राकृतिक स्रोत सम्पदामा पनि    सो आँधीको ठूलो प्रभाव परेको बताइएको छ ।

सामुद्रिक किनाराका बस्तीहरुमा यसको झन ठूलो असर परेको छ । नागरिकहरुलाई सो क्षेत्रबाट सुरक्षितस्थलतर्फ जान भनिएको छ भने कतिपयलाई सारिएको पनि छ ।

ती स्थानमा आँधीले कम्तीमा पनि एक हजार वटा रुख ढलाएको छ । त्यसैगरी बिजुलीका खम्बाहरु पनि ढालेकोले विद्युत अवरुद्ध बन्दै गएको पनि बताइएको छ ।

अहिले पनि ती क्षेत्रहरुमा आँधीको प्रकोप जारी नै छ । उद्वारको काम त्यसैले प्रभावकारी रुपमा गर्न नपाइएको अधिकारीहरुले जनाएका छन् ।

हराएका व्यक्तिको खोजी जारी छ, तर आँधीका कारण उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन । उद्वारकर्मीहरुले आँधीको प्रकोप कम हुनासाथै खोजी अभियान सुरु गर्ने बताएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस