कोरिया । दक्षिण कोरियाको ख्याङ्साङको मिर्याङस्थित सेजङ अस्पतालमा भीषण आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ भने ७० जनाभन्दा बढी घाइते भएका छन् । आगलागी अस्पतालको पहिलो तलामा रहेको आकस्मिक कक्षबाट सुरु भएको बताइएको छ ।
आगलागी शुक्रबार बिहान साढे सात बजे लागेको र दमकलको साहयताले अग्निनियन्त्रकले ३ घण्टा पछि नियन्त्रणमा लिन सफल भएको कोरियन सञ्चार माध्यमले जनाएका छन् ।
सो अस्पतालमा जटिल रोगबाट पीडित बिरामी उपचारत रहेको र आगलागीबाट भाग्न नसकेका कारण मृतक र घाइतेको संख्या बढ्न सक्ने बताइएको छ । घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझ बढ्नसक्ने अनुमान गरिएको छ ।
अस्पतालमा झण्डै २ सय बिरामी उपचारार्थ रहेको बताइएको छ। आगलागीको कारण खुल्न सकेको छैन । कोरियामा जाडो अत्यधिक बढेसँगै आगलागीका घटना पनि बढेका छन्।
अन्नपूर्ण पोस्ट्
प्रतिकृया दिनुहॊस