६० किलो सुन प्रकरण: अनुसन्धानमा तानिए पूर्वउपराष्ट्रपति पुन पुत्र दीपेश, सीआईबीले लियो बयान

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन तानिएका छन् । तस्करीमा उनको कनेक्सन देखिएपछि उनीमाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सुरु गरी बयान लिइएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार पुनलाई आइतबार सीआइबीमा बोलाएर सोधपुछ गरिएको थियो । उनको संलग्नता पुष्टि भएमा गिरफ्तार गरेर अनुसन्धान अगाडि बढाइने पनि स्रोतको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री