समाचार

प्रधानमन्त्री प्रचण्ड हाङजाओबाट राजधानी बेइजिङ जाँदै

काठमाडौं । एक साता लामो चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज राजधानी बेइजिङ पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्ने कार्यक्रम छ । चीनस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसीपिआइटीले सो सम्मेलन आयोजना गरेका छन् । नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी रहने सम्मेलनमा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा …

पुरा पढ्नुहॊस »

दुई महिनामा विदेशी लगानी प्रतिबद्धता १८ अर्ब

काठमाडौं । मुलुकको आन्तरिक अर्थतन्त्रमा समस्या देखिएको अवस्थामा विदेशी लगानी प्रतिबद्धता भने केही सकारात्मक देखिएको छ । चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो दुई महिना (साउन भदौ ) मा करिब १८ अर्ब रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार भदौमा पाँच अर्ब ८८ करोड ८५ लाख रूपैयाँ र साउनमा करिब ११ अर्ब ९६ करोड रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । भदौसम्म नयाँ उद्योगमा १४ …

पुरा पढ्नुहॊस »

तेस्रो विवाहका लागि ९ महिने दुधे छोरी उखुबारीमा बाँधेर भागेकी थिइन् शर्मिला

महेन्द्रनगर । आफ्नै कोखबाट जमाएको सन्तान सबैलाई प्यारो हुन्छ ? तर आफैले जन्माएको एक सन्तानलाइ आफैले राती एक अन्जान ठाउँ त्यो पनि सुनसान उखुबारीमा एक हातमा दुप्पटाले हात बाधेर उखुको बोटमा बाधेर आउँदा त्यो आमाको मन कस्तो भयो होला ? आफैले जन्म दिएकी आमा कति निर्दयी बन्न सकिन होला ? ९ महिने दुधे शिशु छोरीलाई उखुबारीमा बाँधेर परपुरुषसँग भागेकी एक महिला कञ्चनपुरको बेलडाडी गाउँ पालिकाबाट पक्राउ परेकी छिन् । शुक्रबार …

पुरा पढ्नुहॊस »

एमालेमा लोकतान्त्रिक अभ्यासको पुनरागमन

काठमाडौं । संसद्को दोस्रो ठूलो दल नेकपा एमाले पुनः लोकतान्त्रिक अभ्यासको चरणमा प्रवेश गरेको छ । लामो समय केन्द्रीय नेतृत्वले तल्लो तहको नेतृत्व चयनमा हस्तक्षेप गर्दै आएको एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा पहिलोपटक मतदानबाट नेतृत्व चयन भएसँगै एमालेमा लोकतान्त्रिक अभ्यासको पुनरागमन भएको हो । करिब एक साताको रस्साकस्सीका बीच गत भदौ १९ मा सम्पन्न प्रथम प्रदेश अधिवेशनमा १ हजार ५ प्रतिनिधिको मतदानबाट नेताहरू निर्वाचित भए । प्रदेशसभाको प्रथम अधिवेशनमा ४ सय …

पुरा पढ्नुहॊस »

सन्दीपविरुद्ध मुद्दाको आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । गत साता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा तोकिएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन् । मुद्दाको थुनछेक बहसपछि १८ कात्तिक २०७९ मा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । बयानका क्रममा सन्दीपले आफूमाथिको बलात्कारको आरोप अस्वीकार गरेका थिए भने पीडित …

पुरा पढ्नुहॊस »

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित रहेको मौसमविदले जनाएका छन् । यस्तै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत नेपालमा प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (आइतबार) दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य …

पुरा पढ्नुहॊस »

पोखरा विश्वविद्यालय र एनआरइएनबीच सम्झौता

गण्डकी । पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन) बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र एनआरइएनका अध्यक्ष ई लोचनलाल अमात्यले हस्ताक्षर गरेका छन् । समझदारीसँगै एनआरइएनले एसिया प्यासिफिक एडभान्स नेटवर्क, युएस एडभान्स अनुसन्धान र शिक्षा नेटवर्क, ट्रान्स–युरेसिया सूचना नेटवर्क, युरोपमा उन्नत …

पुरा पढ्नुहॊस »

एक वर्षीया छोरीलाई उखुबारीमा बाँधेर भाग्ने महिला पक्राउ

काठमाडौं । एक वर्षीया छोरीलाई उखुबारीमा बाँधेर भाग्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–२ अमरैयाकी २५ वर्षीय सर्मिलालाई शनिबार बेलडाँडी गाउँपालिका– ३ वैवाहबाट पक्राउ गरेको हो। उनलाई ईलाका प्रहरी कार्यालय बेलौरी लगिएको छ। बिहीबार बेलुका बेलौरी नगरपालिका–७ सिंहपुुरस्थित उखुबारीभित्र हात बाँधेर एक वर्षीया छोरीलाई छोडी सर्मिला भागेकी थिइन्। माइती घरमा बस्दै आएकी उनी घर जान्छु भन्दै छोरी लिएर निस्किएकी थिइन्। भोलिपल्ट स्थानीयले बालिकालाई उखुबारीभित्र रोइरहेको अवस्थामा फेला पारेका …

पुरा पढ्नुहॊस »

चीनसँगको व्यापारमा नयाँ बन्दरगाह खुल्यो

काठमाडौं । चीन र नेपालबीचको वैदेशिक व्यापारमा नयाँ व्यापारिक मार्ग सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा दुई देशले नयाँ व्यापारिक मार्ग खुलाएका हुन् । कोरोना नाका नजिक बनेको बन्दरगाह सञ्चालनमा आएसँगै चीनसँगको व्यापारमा प्रयोग हुने मुख्य व्यापारिक मार्गको सङ्ख्या तीन पुगेको छ । नेपाल–चीनबीच हाल तातोपानी र रसुवागढी गरी दुई व्यापारिक नाका छन् । यो सूचीमा निकट भविष्यमै समुन्द्री सतहबाट ४६ सय मिटरको उचाइमा रहेको …

पुरा पढ्नुहॊस »

नेपाल शान्तिमय देश हो : श्याल्पा तेन्जिङ रिम्पोचे

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । हरेक वर्ष संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन् । महोत्सवमा  श्याल्पा तेन्जिङ रिन्पोचेले Universal Peace Movement (विश्वव्यापी शान्ति अभियान) को परिचय पनि दिए । सोही बमोजिम नेपालमा पनि विश्व शान्ति दिवस मनाइएको छ । यस वर्षको विश्व शान्ति दिवसको नारा ‘एक्सन फर पिस :आवर एम्बिसिन …

पुरा पढ्नुहॊस »