नेपाल शान्तिमय देश हो : श्याल्पा तेन्जिङ रिम्पोचे

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

हरेक वर्ष संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन् । महोत्सवमा  श्याल्पा तेन्जिङ रिन्पोचेले Universal Peace Movement (विश्वव्यापी शान्ति अभियान) को परिचय पनि दिए । सोही बमोजिम नेपालमा पनि विश्व शान्ति दिवस मनाइएको छ । यस वर्षको विश्व शान्ति दिवसको नारा ‘एक्सन फर पिस :आवर एम्बिसिन फर द ग्लोबल गोल्स’ रहेको छ ।

शान्ति कायम गर्नु व्यक्तिगत र सामूहिक उत्तरदायित्व रहेको उल्लेख गर्दै संयुक्त राष्ट्र सङ्घले शान्ति प्रवर्द्धनबाटै दिगो विकास लक्ष्य प्राप्त गर्न मद्दत पुग्ने जनाएको छ । शुक्रबार काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा आयोजित एक विश्व शान्ति कार्यक्रममा पूर्व राष्ट्रपति विद्या देवी भण्डारीको उपस्थिति रहेको थियो । उनको प्रमुख आतित्थ्यमा श्याल्पा तेन्जिङ रिम्पोचेले कार्यक्रमलाई सम्बोधन गरेका थिए । कार्यक्रममा रिम्पोछेले विश्व शान्तिमा नेपालको लुम्बिनी, सिद्दार्थ गौतम बुद्ध, मायादेवी, नेपाल तपोभुमी, ऋषिमुनीको सहित समग्र ओमकारको महत्वबारे बोले ।

विश्व शान्तिका लागि लुम्बिनीमा बनाउन लागेको विश्व शान्ति केन्द्रको भवन अर्थात् गुम्बाको निर्माण समयमै सम्पन्न गर्नुपर्ने आवश्यक रहेको बताए । ‘शान्ति र सिद्धार्थ गौतम बुद्ध धर्मावलम्बी मात्र होइनन् । शान्ति र सिद्धार्थ हिन्दु, क्रिश्चियन, मुस्लिमलगायत सबै धर्मावलम्बी हुन्,’ उनले भने । समग्र मानव जीवनको हितका लागि शान्ति आवश्यक रहेको उनले बताए । उनले अगाडि भने, ‘मुठी दानले विश्व शान्ति केन्द्रको भवन अर्थात् गुम्बा निर्माण गर्नु पर्छ । यसको मूल मर्म सबैको सहभागिता होस् भन्ने हो ।’

त्यसैगरि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा  श्याल्पा तेन्जिङ रिम्पोचे भने , ‘नेपाल शान्तिमय देश हो । हामीसँग मानवता छ त्यो मानवतालाई विश्वभर फैलाउनुपर्छ । मलाई खुशी चाहिन्छ भने अरुलाई पनि खुशी चाहिन्छ, त्यसकारण दिगो शान्तिको आवश्यक छ । विश्वमा शान्ति फैलाउने मौका हामीलाई छ । २१ औ शताब्दीमा विभिन्न किसिमका धर्म,संस्कृतिहरू छन् तर शान्ति भेटिएको छैन ।’

‘जसरी मायादेवीले निशर्त प्रेम दिनुभयो त्यसरी नै हाम्रो मनभित्र भएको दया, मायालाई जगाउनुपर्छ ।  हाम्रो जिम्मेबारी भनेको शान्ति ल्याउनु हो । भावी पुस्तालाई पनि शान्ति र मानवताको पाठ सिकाउन सक्नु पर्छ । नेपाल बुद्धको शान्तिभुमि हो भनी विश्वलाई पहिचान गराउनु हामी सबैको दायित्व हो,’ उनले भने ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकारसम्बन्धी घोषणा जारी भएको पनि ७५ वर्ष पुगेको छ । अहिले अन्तर्राष्ट्रिय कानुनको अभिन्न अङ्गका रूपमा पनि शान्तिको अधिकार स्थापित भएको छ ।सेप्टेम्बर २१ लाई विश्व समुदायले ‘अल्जाइमर्स डे’ का रूपमा पनि मनाउँदै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री