दुई महिनामा विदेशी लगानी प्रतिबद्धता १८ अर्ब

काठमाडौं । मुलुकको आन्तरिक अर्थतन्त्रमा समस्या देखिएको अवस्थामा विदेशी लगानी प्रतिबद्धता भने केही सकारात्मक देखिएको छ । चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो दुई महिना (साउन भदौ ) मा करिब १८ अर्ब रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

विभागका अनुसार भदौमा पाँच अर्ब ८८ करोड ८५ लाख रूपैयाँ र साउनमा करिब ११ अर्ब ९६ करोड रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । भदौसम्म नयाँ उद्योगमा १४ अर्ब ६५ करोड रूपैयाँ र सेयर पर्चेज एग्रिमेन्ट ९एसपिए० मा तीन अर्ब २० करोड रूपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

भदौमा मात्र ५१ वटा नयाँ उद्योगमा दुई अर्ब ७२ करोड २४ लाख रूपैयाँ र एसपिए र एसएसएमार्फत् ११ वटा उद्योगमा तीन अर्ब १६ करोड ६१ लाख रूपैयाँ लगानी प्रतिवद्धता जनाइएको छ । भदौसम्म विभागमा दर्ता भई लगानी प्रतिबद्धता जनाएका उद्योगबाट पाँच हजार पाँच सय दुई जनाले रोजगारी पाउने छन् । नागरिक दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दार्चुलामा जात्रा हेरेर फर्केका यात्रु सवार जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ७ घाइते

काठमाडौं । दार्चुलाको मालिकार्जुन जात्राबाट फर्केका दर्शनार्थी चढेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । मालिकार्जुन जात्राबाट गोकुलेश्वरतर्फ आइरहेको जिप दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी प्रकाश दाहालकाअनुसार शैल्यशिखर नगरपालिका-६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान ४ बजेतिर दुर्घटना भएको हो ।

प्रतिकृया दिनुहॊस