समाचार

३० दिनका लागि माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

tea/शिक्षकसँगको सम्झौता कार्यान्वयन गर्न ३५ अर्ब लाग्ने

काठमाडौँ । माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको सडक क्षेत्रलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधित क्षेत्रका रुपमा घोषणा गरेको छ । आजदेखि लागु हुनेगरी ३० दिनका लागि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । मंसिर ७ को प्रदर्शनलाई मध्यनजर स्थानीय प्रशासन ऐन २०२८ अनुसार सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । सो क्षेत्रमा ३० दिनसम्म ५ जनाभन्दा बढी भेला हुन जुलुस र प्रदर्शन …

पुरा पढ्नुहॊस »

कलाकार प्रकाश ढकालको निधन, त्रिशूलीको खोचमा भेटियो शव

काठमाडौँ । कलाकार प्रकाश ढकाल धादिङको बेनिघाट–रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभिरमा मृत फेला परेका छन् । ढकालको शव आइतबार साँझ ५ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । त्रिशूली नदी किनारको खोचमा ढकालको शव फेला परेको उनको भनाई छ । स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ७ घर भएका ढकाल काठमाडौं बस्ने गर्दथे । गत शुक्रबार उनी स्याङ्जाबाट काठमाडौंतर्फ आएका थिए । त्रिशूलीमा र्‍याफ्टिङ …

पुरा पढ्नुहॊस »

कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा इन्जिनियर र डकर्मी सहितको टोली पठाउने

काठमाडौँ । नेपाली कांग्रेसले भूकम्पपीडित बस्ने टहरा बनाउन इन्जिनियर र डकर्मी सहित स्वयमसेवक टोली जाजरकोट र रूकुम पश्चिम पठाउने निर्णय गरेको छ । धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार जाजरकोट र रूकुम पश्चिममा भूकम्पपीडितलाई टहरा बनाउन २५ वटा स्वयमसेवक टोली पठाउने निर्णय हुनुका साथै प्रत्येक टोलीमा एक जना इन्जिनियर, एक जना डकर्मी र एक जना व्यवस्थापक पनि रहनेछन् । …

पुरा पढ्नुहॊस »

रुकुम पश्चिम जिप दुर्घटना, घाइते एक जनाको मृत्यु (अपडेट)

सुर्खेत । सोमवार बिहान मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम खण्डको गोइरीज्युलामा भएको जिप दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओलीको मृत्यु भएको हो । उनको चौरजहारी मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको छातीमा चोट लागेको थियो । लु १ ज २२९७ नम्बरको जिप बिहान ८ः ५० बजे चौरजहारी नगरपालिका–१० खोला गाउँबाट सदरमुकाम मुसिकोटतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । …

पुरा पढ्नुहॊस »

पाँच जिल्लाका भूकम्पपीडितका लागि १ अर्ब ४१ करोड निकासा

काठमाडौं । सरकारले पाँच जिल्लाका भूकम्पपीडितका लागि अस्थायी आवास बनाउन करिब डेढ अर्ब रुपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरिएको जनाएको छ। सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको नाममा उक्त रकम सोमबार निकासा भएको हो ।

पुरा पढ्नुहॊस »

बझाङमा फेरि ४.५ म्याग्निच्युडको भूकम्प

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौँ । पश्चिम नेपालको बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सोमबार बिहान ११ बजेर ३७ मिनेट जाँदा धमेना केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । आइतबार पनि रुकुमको हुकम केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।  

पुरा पढ्नुहॊस »

दुर्गा प्रसाईं र महेश बस्नेतले माइतीघरमा कार्यक्रम गर्न नपाउने

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माइतीघर मण्डलामा कार्यक्रम गर्न नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरूलाई रोक लगाएको हो । दुवै पक्षलाई उक्त स्थानमा कार्यक्रम गर्न नदिने र छलफलमा आए छुट्टा छुट्टै स्थान तोकिने जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यले बताए । आचार्यले भने, ‘सो क्षेत्र नजिकै अदालतहरू, अस्पतालहरू रहेका छन् । बिरामी बोकेका एम्बुलेन्स ओहोरदोहोर …

पुरा पढ्नुहॊस »

नेपाली र थाई बन्धकलाई घाइते अवस्थामा अस्पताल लगेको भिडिओ सार्वजनिक (भिडिओ)

काठमाडौँ । हमासले बन्धकलाई घाइते अवस्थामा अस्पताल लगेको भिडिओ सार्वजनिक भएको छ । इजरायली डिफेन्स आर्मी (आइडिएफ)ले नेपाली र थाई नागरिकलाई हमासले बन्धक बनाएको भन्दै एक भिडिओ सार्वजनिक गरेको हो । उक्त भिडिओ गाजाको अल शिफा अस्पतालको भएको बताइएको छ । आइडिएफले एक्सबाट सार्वजनिक गरेको भिडिओमा हमासले दुई जना घाइतेलाई अस्पताल लैजाँदै गरेको दृश्य छ । भिडिओमा एक जनालाई दोहोर्‍याइँदै अस्पतालभित्र लगिएको र अर्का व्यक्तिलाई स्ट्रेचरमा राखेर उपचार कक्षमा लगिएका …

पुरा पढ्नुहॊस »

टिकटक प्रतिबन्धविरूद्धको मुद्दा न्यायाधीश चुडालको इजलासमा

काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध दायर भएका रिट निवेदनहरुमाथि प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ। सोमबार सर्वोच्च अदालतका न्यायाधीश डा.कुमार चुडाको एकल इजलासमा पेसी परेको हो। सर्वोच्च अदालतका अनुसार टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका छन् । सरकारले सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । मन्त्रिपरिषद्‌को कात्तिक २७ गतेको बैठकले छोटा भिडियोहरु अपलोड गरिने सञ्जाल …

पुरा पढ्नुहॊस »

रूकुम पश्चिममा जीप दुर्घटना, २२ घाइते, ५ को अवस्था गम्भीर

काठमाडौँ । रुकुम पश्चिममा जिप दुर्घटना भएको छ । दुर्घटनामा २२ जना यात्रु घाइते भएको र ती मध्ये ५ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सोमबार बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु१ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका–८ गैरीजिउला भन्ने स्थानमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ । घाइतेहरुलाई उद्धार गरी चौरजहारीको मिसन …

पुरा पढ्नुहॊस »