नेपाली र थाई बन्धकलाई घाइते अवस्थामा अस्पताल लगेको भिडिओ सार्वजनिक (भिडिओ)

काठमाडौँ । हमासले बन्धकलाई घाइते अवस्थामा अस्पताल लगेको भिडिओ सार्वजनिक भएको छ । इजरायली डिफेन्स आर्मी (आइडिएफ)ले नेपाली र थाई नागरिकलाई हमासले बन्धक बनाएको भन्दै एक भिडिओ सार्वजनिक गरेको हो ।

उक्त भिडिओ गाजाको अल शिफा अस्पतालको भएको बताइएको छ । आइडिएफले एक्सबाट सार्वजनिक गरेको भिडिओमा हमासले दुई जना घाइतेलाई अस्पताल लैजाँदै गरेको दृश्य छ । भिडिओमा एक जनालाई दोहोर्‍याइँदै अस्पतालभित्र लगिएको र अर्का व्यक्तिलाई स्ट्रेचरमा राखेर उपचार कक्षमा लगिएका दृश्य छ । आइडिएफले एक्समार्फत ती दुईमध्ये एक नेपाली र एक थाई नागरिक रहेको बताएको छ ।

आइडिएफले ती व्यक्तिहरू को हुन् र अहिले कहाँ छन् भन्ने नखुलेको जानकारी दिएको छ । उनीहरूलाई लगिएको अस्पतालमा १० मिटर तल ५५ मिटर लामो सुरुङ पनि फेला परेको भन्दै इजरायलले भिडिओ सार्वजनिक गरेको छ । उक्त सुरुङको प्रवेशद्वार माइन र बुलेट प्रुफयुक्त रहेको उल्लेख गरेको छ ।

गत असोज २० (अक्टोबर ७) गते बिहान हमासले गजापट्टी सिमानातर्फको इसराइली भूभागका आकाश र जमिनबाट आक्रमण गरेको थियो । सो आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए । कञ्चनपुरको विपिन जोशी सम्पर्कविहीन छन् । हमासले बन्धक बनाइएकाहरूमा विपिनसमेत रहेको इजरायल डिफेन्स फोर्सले नेपाल सरकारलाई जानकारी दिइसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रहरीका २८९ लेखापालको सरुवा, अब को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २८९ जना लेखापालहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको …

प्रतिकृया दिनुहॊस