रुकुम पश्चिम जिप दुर्घटना, घाइते एक जनाको मृत्यु (अपडेट)

सुर्खेत । सोमवार बिहान मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम खण्डको गोइरीज्युलामा भएको जिप दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओलीको मृत्यु भएको हो ।

उनको चौरजहारी मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको छातीमा चोट लागेको थियो । लु १ ज २२९७ नम्बरको जिप बिहान ८ः ५० बजे चौरजहारी नगरपालिका–१० खोला गाउँबाट सदरमुकाम मुसिकोटतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।

जिप अनियन्त्रित भई सडकबाट ३०० मिटर तल भेरी नदी किनारमा खसेको थियो । दुर्घटनामा परी २२ जना घाइते भएका छन् । त्यसमध्ये ७ जना गम्भीर घाइते भएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जितपुर-सिमरा नगर सभामा तोडफोड

काठमाडौं । बाराको जितपुर–सिमरा उपमहानगरपालिकाको नगरसभा विथोलिएको छ । नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्षको विरोध …

प्रतिकृया दिनुहॊस