काठमाडौँ । सरकारले टिकटक बन्द गरेको निर्णयविरुद्धको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । सरकारको निर्णय विरुद्ध परेका १० रिट उपर मंगलबार न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो । टिकटक बन्द गर्ने नेपाल सरकारको कात्तिक २७ गतेको निर्णंयले संविधानको धारा १७(२(क) ले सुनिश्चित गरेको विचार र अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भएको दावी गर्दै दशवटा रिट निवेदन शुक्रबार दायर भएका …
पुरा पढ्नुहॊस »माइतीघर-बानेश्वर निषेधित क्षेत्र तोक्ने निर्णयविरुद्ध सर्वोच्चमा पर्यो रिट
काठमाडौँ । माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता स्वागत नेपालले मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटको पेशी बुधबारका लागि तोकिएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबारदेखि लागू हुने गरी ३० दिनका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो …
पुरा पढ्नुहॊस »वित्त अनुदानको बेथिति रोकेर राज्यकोषमा लैजाने व्यवस्था गर्छौं : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुकूलन, उत्थानशीलता र हानि तथा नोक्सानी अवधारणा प्रवर्द्धनमा आउने वित्त अनुदानमा हुने बेथितिलाई रोक्न सरकारी बजेटरी प्रणालीमा वित्त अनुदान ल्याउने बताएका छन् । अर्को साता यूएईमा हुने संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्मेलनको २८औं संस्करण (कोप-२८) को सन्दर्भमा आज वन मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले नेपालमा जलवायु न्यायस्वरुप नेपालले पाउने अनुदान सरकारको नियमनमा …
पुरा पढ्नुहॊस »बल्खुमा कार्यक्रम गर्न दुर्गा प्रसाईंलाई प्रशासनको अनुमति
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले मंसिर ७ गते गर्न लागेको प्रदर्शनको कार्यक्रमस्थल बल्खुमा तोकिएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार प्रसाईं नेतृत्वको टीमसँगको छलफलपछि बल्खुमा प्रदर्शनस्थल तोकिएको बताए । युवा संघ र प्रसाईं पक्षले मंसिर ७ गते माइतीघर मण्डलमा कार्यक्रम गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै पक्षलाई बोलाएर सोमबार छलफल गरेको थियो । …
पुरा पढ्नुहॊस »काठमाडौंमा नक्कली नोटसहित दुई महिला पक्राउ
काठमाडौँ । काठमाडौंबाट नक्कली नेपाली नोटसहित दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा शंखरापुर नगरपालिका–७ कोलागाल डेरा गरी बस्ने सिन्धुपाल्चोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा र बूढानीलकण्ठ नगरपालिका–१२ कपन डेरा गरी बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका–४ की ४१ वर्षीया मैया कुमारी घिमिरे रहेका छन् । सिर्जनाको साथबाट १ हजार दरको १ सय ४० थान र कुमारीको साथबाट १ हजार दरको २१ थान नक्कली नोट बरामद भएको छ । सिर्जना र …
पुरा पढ्नुहॊस »विश्वका १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्शना कपाली
काठमाडौं । बीबीसीले विश्वभरका १०० प्रभावशाली, प्रतिभाशाली र प्रेरक महिलाको सूची सार्वजनिक गरेको छ । यो सूचीमा नेपालकी रुक्साना कपाली पनि परेकी छन् । बीबीसीको यो सूचीमा पर्ने उनी एकमात्र नेपाली हुन् ।
पुरा पढ्नुहॊस »जाजरकोटमा निमोनियाबाट एक महिने शिशुको मृत्यु
काठमाडौँ । चिसोबाट जाजरकोटमा एक महिने शिशुको मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन हो । भेरी–२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । निमोनियाले बिरामी परेकी निरुताको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए । चिसोबाट जाजरकोटमा …
पुरा पढ्नुहॊस »कांग्रेस पदाधिकारी बैठकमा स्वयंसेवक परिचालन निर्देशिका निर्माणबारे छलफल
काठमाडौं । भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिमसहितका जिल्लामा पुनर्निर्माण स्वयंसेवक परिचालनको निर्देशिका निर्माण गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । प्रभावकारी हुने गरी स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको कांग्रेसले निर्देशिका निर्माण गर्न लागेको हो । पार्टी सभापति शेरबहादुर देउवाले हिजोको पदाधिकारी बैठकमा स्वयंसेवक परिचालनका लागि निर्देशिका दिएर पठाउनुपर्ने भन्दै आवश्यक छलफल गरी स्वयंसेवकलाई ‘फिल्डमा पठाउन’ निर्देशन दिएका थिए । त्यसका लागि आज बैठक बसेर आवश्यक तयारी पूरा गरी केही …
पुरा पढ्नुहॊस »नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि उच्च अदालत पाटनमा सुनुवाइ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आजदेखि उच्च अदालत पाटनमा निरन्तर सुनुवाइ हुने भएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइ दिने भन्दै गिरोह सञ्चालन गरेको मुद्दामा अहिलेसम्म ६ पटक पेसी चढे पनि विभिन्न बहानामा सुनुवाइ हुन सकेको छैन। पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध मुख्य अभियुक्तले उच्च अदालतमा पुनरावेदन दिएका छन् । धरौटीमा छुटेका दुई जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय पनि उच्चमा गएको छ …
पुरा पढ्नुहॊस »कमाउन कुवेत गएकी आशा जब छोरी च्यापेर ह्विल चियरमा फर्किइन्
काठमाडौँ । दुई छाक मिठो मसिनो खाने र परिवारलाई सुखी बनाउने सपना बोकेर कुवेत पुगेकी चितवनकी आशा परियार छोरी लिएर ह्विल चियरमा नेपाल फर्किएकी छन् । पाँच वर्षअघि गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत पुगेकी आशालाई त्यहाँस्थित फर्वानिया अस्पतालमा उपचार गराइरहेको अवस्थामा ह्विल चियरमार्फत स्वदेश फर्काइएको चितवन सेवा समाज कुवेतका संस्थापक अध्यक्ष नाबिन लोप्चनले जानकारी दिए । गैरकानुी हैसियतमा रहेकी उनी करिब ३२ महिनादेखि अस्पतालमा उपचाररत थिइन् । टाउकोमा …
पुरा पढ्नुहॊस »