समाचार

गैरआवासीय नागरिकता प्रदान गर्दै प्रधानमन्त्रीले भने- यो निकै ठूलो उपलब्धि हो (पूर्णपाठ)

kul-acharya 1/यो निकै ठूलो उपलब्धि हो (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरेका छन् । मंगलबार बालुवाटारमा प्रधानमन्त्रीले उनीहरूलाई सो नागरिकता दिएका हुन् । सरकारले गैरआवासीय नेपाली नागरिकता पहिलोपल्ट प्रदान गरेको हो ।

पुरा पढ्नुहॊस »

इजरेलका लागि श्रम स्वीकृति स्थगित, बिदामा स्वदेश फर्केकाहरू चिन्तित

इजरायलबाट दशैँ मनाउन नेपाल आएकी ललितपुरकी ललिता विष्ट श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति लिएर इजरायल जाने नेपालीका सम्बन्धमा सरकारले गरेको निर्णयका कारण अन्योलमा परेकी छन् । सरकारी निर्णयका कारण आफू दशैँको बेला पनि रमाउन नसकेको उनी बताउँछिन् । डेढ दशकदेखि इजरायलको जेरुसलेममा केअरगिभरको रूपमा कार्यरत विष्ट इजरायलमाथि हमासको आक्रमण हुनुभन्दा केही दिनअघि मात्र बिदा मिलाएर काठमाण्डू आइपुगेकी थिइन् । नोभेम्बर अन्तिम साता पुनः इजरायल फर्कनुपर्ने भए पनि सरकारले इजरायल …

पुरा पढ्नुहॊस »

दसैंमा धमाधम काज मिलाउँदै कर्मचारी, सेवा प्रभावित

काठमाडौं । दसैं बिदा सुरु नहुँदै सरकारी कर्मचारी धमाधम भ्रमण आदेश (काज) स्वीकृत गराउँदै गृह जिल्ला अथवा घरनजिकका जिल्ला जान थालेका छन्। यसबाट अत्यावश्यकीय सरकारी सेवासमेत प्रभावित हुन थालेको छ। भ्रमण आदेश स्वीकृत गराएपछि सरकारी कर्मचारीलाई दोहोरोरतेहोरो फाइदा हुन्छ। काज स्वीकृत गराएमा बिदाभरि सरकारी सवारीसाधन प्रयोग गर्न पाइन्छ। यसैगरी अतिरिक्त भ्रमण भत्ता पाइन्छ। यसबाहेक तोकिएको बिदाभन्दा लामो समय गृह जिल्लामा बस्न पाइन्छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार विशेष …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आफूलाई कमजोर भएको अनुभूति पनि हुनेछ । स्वास्थ्य प्रति सजगता अपनाउन जरूरी छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

केपी ओली वास्तविक एमाले होइनन् : प्रचण्ड

काठमाडाैं । प्रधानमन्त्री एव. नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली वास्तविक एमाले नभएको बताएका छन् । समाजवादी मोर्चाले धनगढीमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै दाहालले ओली वास्तविक एमाले नभएको टिप्पणी गरेका हुन । ‘अहिले एमालेको नेतृत्व जसले गरेको छ। उहाँ रियल एमाले होइन, उहाँ संघीयतावादी, गणतन्त्रवादी होइन’, प्रचण्डको आरोप छ । सरकारले भ्रष्टाचारविरुद्ध अभियान र सुशासनको पक्षमा ठूलो काम गरेको प्रचण्डको भनाइ छ ।

पुरा पढ्नुहॊस »

हमासको आक्रमणमा निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी

हमासको आक्रमणमा निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी/Np-saud_2c6m4O5o3k

काठमाडौं - परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी गरिएको बताएका छन् । सुदूरपश्चिम पत्रकार समाज, काठमाडौंले सोमबार काठमाडौंमा आयोजना गरेको दशैं, तिहार, छठ तथा नेपाल संवत् विशेष शुभकामना आदान-प्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री साउदले यस्तो बताएका हुन् ।

पुरा पढ्नुहॊस »

मुख्यमन्त्री कार्कीले कात्तिक १ गते विश्वासको मत लिने

काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधवार विश्वासको मत लिएका छन् । संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कार्कीले असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

पुरा पढ्नुहॊस »

कोशीको विषयमा उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्दै देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापतिद्वय र महामन्त्रीद्वयलाई छलफलका लागि बोलाएका छन् । उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मासँग सभापति देउवाले छलफल गर्न लागेका छन् । सोमबार अपराह्न ४ बजे निवास धुम्बाराहीमा छलफल हुनेछ । सभापति देउवाले उनीहरूसँग कोशीमा विकसित राजनीतिक घटनाक्रम, समसामयिक राजनीति र पार्टीका आन्तरिक विषयमाथि कुराकानी गर्न लागेका हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी बैठक भनेर नबोलाइएको बताए । …

पुरा पढ्नुहॊस »

कात्तिक १ गते बोलाइयो कोशी प्रदेशसभाको बैठक

koshi-prases/कोशीमा अब पनि सरकार नटिके स्वतः मध्यावधि

काठमाडाैँ । असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै कात्तिक १ गते बुधवार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो । सोही बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने सम्भावना छ ।

पुरा पढ्नुहॊस »

सुदूरपश्चिममा फेरि भूकम्पको धक्का महसुस

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडाैँ । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापारि भारतको बतन भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर आज बिहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए । भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

पुरा पढ्नुहॊस »