कोशीको विषयमा उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्दै देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापतिद्वय र महामन्त्रीद्वयलाई छलफलका लागि बोलाएका छन् ।

उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मासँग सभापति देउवाले छलफल गर्न लागेका छन् । सोमबार अपराह्न ४ बजे निवास धुम्बाराहीमा छलफल हुनेछ ।

सभापति देउवाले उनीहरूसँग कोशीमा विकसित राजनीतिक घटनाक्रम, समसामयिक राजनीति र पार्टीका आन्तरिक विषयमाथि कुराकानी गर्न लागेका हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी बैठक भनेर नबोलाइएको बताए ।

‘सभापति, उपसभापतिहरू र महामन्त्रीहरू दिनहुँ जसो छलफल हुन्छ, आज पनि त्यसैको निरन्तरता हो,’ उनले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नआत्तिनुहोस्, आर्थिक सुधारको काम हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् ।

प्रतिकृया दिनुहॊस