भारतको जोगबनीमा नेपाली युवक ‘निर्दोष’माथि गोली प्रहार

काठमाडौँ । भारतको जोगबनीमा विराटनगरका एक नेपाली युवकमाथि गोली प्रहार भएको छ । आइतबार साँझ भारतीय सीमाक्षेत्र नजिकै जोगबनीमा विराटनगर-८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको हो ।

बायाँ खुट्टामा गोली लागेका घाइते संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । विराटनगर-१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जन दाहालले जानकारी दिए । उनकाअनुसार उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी पुगेर फर्कने क्रममा उनीमाथि गोली प्रहार भएको हो ।

उनलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरी अस्पताल पुर्‍याएको थियो । ‘घाइतेको कोशी अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई सोधेर हामीले समन्वय गरेर घटनास्थलमा पुग्यौँ,’ डीएसपी दाहालले भने, ‘८(१० जना थिए भनिएको छ । हामीले घाइतेसँग धेरै कुरा सोधिसकेका छैनौँ ।’

गोली प्रहार हुँदा त्यसको छर्रा निर्दोषको तिघ्रामा लागेको प्रहरीले बताएको छ । घाइते खतरामुक्त छन् । गोली प्रहार गर्ने व्यक्तिहरूको पहिचान भइसकेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दलहरुको अडान यथावत, बस्दैनबसी स्थगित भयो संसद् बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि …

प्रतिकृया दिनुहॊस

This will auto close after