काठमाडौं । कैलालीको धनगढीमा बालिका करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका– २ की ११ वर्षीया बालिकालाई करणी गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मंसिर २० गतेको घटना भए पनि जिल्ला प्रहरी कार्यालय कैलालीमा सोमबार मात्र जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए ।
पुरा पढ्नुहॊस »भूकम्पपीडितलाई चिसोबाट जोगाउन आयोगको आग्रह
जाजरकोट । राष्ट्रिय मानवअधिकार आयोगले भूकम्पपीडितलाई चिसोबाट जोगाउन आवश्यक व्यवस्था मिलाउन कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको छ । जाजरकोट र रुकुम पश्चिम पुगेर फर्किएका आयोगका सदस्य मिहिर ठाकुरले त्रिपालमुनि बसेका ४३ जनाको चिसोबाट मृत्यु भइसकेको जनाउँदै उनीहरुलाई चिसोबाट जोगाउन तत्काल आवश्यक व्यवस्था गर्न जरुरी रहेको बताए । सोमबार आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीसँगको भेटमा आयोगका सदस्य ठाकुरले तत्काल चिसोबाट बचाउन नसकिए त्रिपालमुनि अझ धेरै ज्यान जान सक्ने बताए । …
पुरा पढ्नुहॊस »आजको मौसम: हिमालमा हिमपात, तराईमा हुस्सु लाग्ने
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका …
पुरा पढ्नुहॊस »एनसेलविरुद्ध अमरेशले हालेको रिटमा आज सुनुवाइ
काठमाडौं । दूरसञ्चार प्रदायक कम्पनी एनसेलविरुद्ध स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । दुई दिन ‘हेर्न नभ्याइने’ मा परेको रिटमा आज सुनुवाइ हुने भएको हो । सांसद सिंहले गत शुक्रबार दायर गरेको रिट आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा परेको थियो । दुवै दिन ‘हेर्न नभ्याइने’ मा परेपछि रिटको पेशी आजलाई सरेको हो । सांसद सिंहले एनसलेको ८० प्रतिशत शेयर भएको …
पुरा पढ्नुहॊस »काठमाडौं महानगरका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग
काठमाडौं । काठमाडाैं महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ । महानगर पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाका अनुसार यो रोग कुकुरका लागि प्राणघातक मानिन्छ । यस रोग लागेका कुकुरलाई विशेषगरी ज्वरो आउँछ । खाना खान सक्दैनन् भने झोक्राउने, नाकमा सिँगान र आँखामा चिप्रा देखिने जस्ता लक्षण देखिन्छन् । त्यस्तै खोक्ने, बान्ता गर्ने, पातलो दिशा गर्ने, छारे रोगजस्तो लक्षण देखाउने, लड्बडाएर हिँड्ने, किटकिट …
पुरा पढ्नुहॊस »पशुपतिमा बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख हेर्न पाइने !
काठमाडौं । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ । बिहान साढे नौ बजेदेखि करिब तीन घण्टासम्म बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाउने तयारी गरिएको हो । पशुपतिनाथको पश्चिमढोकाअघि यी बहुमूल्य सामग्री देखाइने छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सर्वसाधारणलाई …
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आज आफन्तसँग सहकार्यको अवसर मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । एउटै कामबाट दोहोरो लाभ पनि मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट
काठमाडौं – लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट भएको छ । बालमनोविज्ञानमा आधारित यो लघुचलचित्र नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल र जिम्वावेको भर्सिटी फिल्म एक्स्पो मा छनोट भएको छ । यसअघि बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसन्समा छनोट भएको थियो । लघुचलचित्रमा श्लोक साहले मुख्य भुमिका निर्वाह गरेका छन् । अन्य चर्चित कलाकारहरु सुवास प्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्र प्रसाद पाण्डे, गिता श्री थापा, आयुषा गौतम, बिदुर प्रसाद …
पुरा पढ्नुहॊस »अभियान्ता ई: ललितपुर महानगरअगाडि १०८ मिनेट उभिने
काठमाडौं । यसअघि काठमाडौँ महानगरपालिकाले फुटपाथमा पसल राख नदिएको भन्दै १९९ घण्टा राष्ट्रिय सभागृह अगाडि उभिएका अभियन्ता ईः ले अब ललितपुर महानगरको निर्णयविरुद्ध पनि विरोध गर्ने भएका छन् । ललितपुर महानगरपालिकाको बिहान-साँझ फुटपाथ व्यापार गर्न नदिने निर्णयको विरुद्ध अभियन्ता ई: ले पुनर्विचार गर्न आग्रह गर्दै सो निर्णय नसच्याएमा ललितपुर महानगरपालिका अगाडि १०८ मिनेट उभिने घोषणा गरेका हुन् । सपना नमार्न आग्रह गर्दै उनले सोमबार फेसबुकमा लेखेका छन्, ‘सहर भनेको कार …
पुरा पढ्नुहॊस »साउथ अफ्रिका पठाइ दिन्छु भन्दै १७ लाख ठगी गर्ने गिरी पक्राउ
काठमाडौं । साउथ अफ्रिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका-४ घर भई काठमाडौंको गौरीघाट बस्ने १८ वर्षका अन्जेश गिरीलाई शुक्रबार पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । अन्जेशले बिजय खत्रीसहित २ जनालाई वैदेशिक रोजगारीका लागि साउथ अफ्रिका पठाइदिन्छु भन्दै त्यसका लागि प्रतिव्यक्ति ८ लाख ५० हजार रुपैयाँ लाग्छ र साउथ अफ्रिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु र …
पुरा पढ्नुहॊस »