काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाँणको निवेदनमाथि सुनुवाइका लागि उच्च अदालत पाटनले बिहीबार पेसी तोकेको छ । यसअघि दुई न्यायाधीशबीच रायमाझी भएको फाइल आज न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा परेको छ ।
गत मंसिर १५ गते उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाँणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्ने विषयमा राय बाझिएको थियो । पाण्डेले ३० लाख रुपैयाँ धरौटी राखे छाडिदिन सकिने राय दिएका थिए भने खरेलले जिल्ला अदालतको आदेश सदर गरी थुनामै बस्नुपर्ने राय प्रस्तुत गरेका थिए ।
न्यायाधीश कोइरालाले दिएको राय नै बहुमतको राय मानी कार्यान्वयनमा जानेछ । गत मंसिर १५ गते उच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेकामध्ये ९ जनालाई थुनामै राख्ने, ६ जनालाई धरौटीमा रिहा गर्ने र चार जनालाई साधारण तारेखमा रिहा गर्ने फैसला गरेको थियो ।
प्रतिकृया दिनुहॊस