समाचार

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीश संसदीय समितिबाट सर्वसम्मतिले अनुमोदित

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । समितिको बुधबार बसेको बैठकले न्यायाधीशमा सिफारिस भएका ६ जनाकै नाम अनुमोदन गरेको हो । न्यायपरिषद्ले गत मंसिर ५ गते सर्वोच्च अदालतका छ जना न्यायाधीश सिफारिस गरेको थियो । त्यसपछि उनीहरूको संसदीय सुनुवाइ भएको थियो । सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको …

पुरा पढ्नुहॊस »

ब्रिटिस काउन्सिल आइइएलटिएस प्राइज २०२३ विजेता

काठमाडौं । ब्रिटिस काउन्सिलले वार्षिकरूपमा आयोजना गर्दै आएको प्रतियोगिता ‘आइइएलटिएस प्राइज २०२३’ का विजेता घोषणा गरेको छ । आफ्नो शैक्षिक सपनालाई वास्तविकतामा बदल्न चाहने महत्वाकांक्षी युवापुस्तालाई सहयोग गर्न प्रतिस्पर्धामार्फत् काउन्सिलले विश्वभरका अंग्रेजी भाषामा पढाइ हुने विश्वविद्यालयमा आइइएलटिएसका परीक्षार्थीलाई विश्वविद्यालयको पाँच हजार डलर (आठ लाख ४० हजार रुपैयाँ)सम्मको ट्युसन शुल्कमा टेवा दिनेछ । यो वर्षको प्रतिस्पर्धा चीन, जापान, हङकङ, इण्डोनेसिया, कोरिया, मलेसिया, फिलिपिन्स, सिंगापुर, ताइवान, थाइल्याण्ड, भियतनाम, बंगलादेश, पाकिस्तान, नेपाल र …

पुरा पढ्नुहॊस »

पोखराबाट समातिए पर्यटकलाई नशालु पदार्थ सेवन गराउने १० जना

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरास्थित लेकसाइडमा डुल्ने पर्यटकलाई नशालु पदार्थ सेवन गराउन खोज्नेसहित विभिन्न कसुरमा संलग्न १० जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले नशालु पदार्थ सेवन गराउन खोज्नेहरूलाई पक्राउ गरेको हो । उनीहरूले पोखरा महानगरपालिका–६ लेकसाइडमा स्वदेशी र विदेशी पर्यटकलाई बाटोमा नशालु पदार्थ सेवन गन दबाब दिने र नमाने हैरान पार्ने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पुस २ गते …

पुरा पढ्नुहॊस »

अमलेखगञ्ज दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो (नाम र ठेगानासहित)

काठमाडौं । बारामा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा परी अन्य २७ जना घाइते भएका हुन् । काकडभिट्टाबाट काठमाडौँका लागि छुटेको बा ३-००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयाका लागि छुटेको ना ७ ख ७३०० नम्बरको ट्रक अमलेखगञ्जमा एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, बस चालक मकवानपुर हेटौँडाका ४० वर्षीय …

पुरा पढ्नुहॊस »

अबको २८ दिनभित्र मेलम्चीको पानी ल्याउने समझदारी

काठमाडौँ । अबको २८ दिनभित्र काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने गरी मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणका लागि खानेपानी मन्त्रालय र चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीसँगै करिब आठ महिनादेखि बन्द रहेको मेलम्चीको पानी वितरणको बाटो खुलेको हो । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा मंगलबार राती अबेरसम्म बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले गरेको निर्णय अनुसार सो समझदारीपत्रमा हस्ताक्षर …

पुरा पढ्नुहॊस »

१६ वर्षीया किशोरीको ४० वर्षका पुरुषसँग जबरजस्ती विवाह, आमासहित पाँच जना पक्राउ

काठमाडाैँ । पूर्वी नवलपरासीको कावासोतीमा ४० वर्षको एक पुरुषसँग १६ वर्षकी छोरीलाई दबाब दिएर विवाह गराइ दिएको आरोपमा प्रहरीले किशोरीकी आमासहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले बालिकाको भाउजुले दिएको उजुरीको आधारमा छोरीलाई जबरजस्ती विवाह गराउने आमा, दुई जना सानीमा र एक जना सानोबुबासहित विवाह गर्ने पुरुषलाई पनि पक्राउ गरेको हो ।

पुरा पढ्नुहॊस »

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशको सुनुवाइसम्बन्धी निर्णय आज

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइको निर्णय आउँदैछ । प्रस्तावित न्यायाधीशका विषयमा निर्णय गर्न संसदीय समितिको बैठक बोलाइएको हो । बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ । गत मंसिर ५ गते न्यायपरिषद्ले गरेको नियुक्ति सिफारिसमा २९ देखि संसदीय सुनुवाइ समितिले सुनुवाइ थालेको थियो । सुनुवाइ सोमबार सकिएको थियो । प्रस्तावित ६ न्यायाधीशमा बालकृष्ण ढकाल, सुनीलकुमार पोखरेल, टेकप्रसाद ढुंगाना, महेश शर्मा पौडेल, सारंगा सुवेदी …

पुरा पढ्नुहॊस »

अमलेखगञ्जमा बस र ट्रक जुध्दा दुवै चालकसहित तीनको मृत्यु, २७ जना घाइते

काठमाडौं । बारामा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बिहान भएको दुर्घटनामा परी अन्य २७ जना घाइते भएका हुन् । काकडभिट्टाबाट काठमाडौँका लागि छुटेको बा ३-००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयाका लागि छुटेको ना ७ ख ७३०० नम्बरको ट्रक अमलेखगञ्जमा एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, बस चालक मकवानपुर हेटौँडाका ४० वर्षीय हरिशमशेर …

पुरा पढ्नुहॊस »

खानेपानी संस्थानमा ६१ जनालाई जागिरको अवसर (सूचनासहित)

काठमाडौं । नेपाल खानेपानी संस्थानले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । करार सेवामा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि संस्थाले दरखास्त आह्वान गरेको हो । रिक्त पदहरूमा खुला प्रतिस्पर्धा अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाद्वारा ६ महिनाका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको संस्थानले जनाएको छ । खानेपानी संस्थानले आफ्ना विभिन्न शाखामा गरी ६१ जना कर्मचारी मागेको छ । योग्य नागरिकले एक महिनाभित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर थप सात …

पुरा पढ्नुहॊस »

कैलालीको जंगल रिसोर्ट नजिकै माेटरसाइकल दुर्घटना, शाहीको मृत्यु

काठमाडाैं । कैलालीमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्युु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत घाेडाघाेडी नगरपालिका-१ स्थित जंगल रिसाेर्ट नजिकै सुपप्र ०१०१० प ५०७० नम्बरको माेटरसाइकल दुर्घटना भएकाे प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा माेटरसाइकल चालक घाेडाघाेडी नगरपालिका-२ बिशाल चाेक बस्ने अन्दाजी ३० वर्षीय भाेजबहादुर शाहीकाे मृत्यु भएकाे हाे । गम्भीर घाइते भएका शाहीकाे उपचारका क्रममा धनगढीकाे निसर्ग अस्पतालमा मृत्यु भएकाे प्रहरीले जनाएको छ । माेटरसाइकल आफै …

पुरा पढ्नुहॊस »