ब्रिटिस काउन्सिल आइइएलटिएस प्राइज २०२३ विजेता

काठमाडौं । ब्रिटिस काउन्सिलले वार्षिकरूपमा आयोजना गर्दै आएको प्रतियोगिता ‘आइइएलटिएस प्राइज २०२३’ का विजेता घोषणा गरेको छ । आफ्नो शैक्षिक सपनालाई वास्तविकतामा बदल्न चाहने महत्वाकांक्षी युवापुस्तालाई सहयोग गर्न प्रतिस्पर्धामार्फत् काउन्सिलले विश्वभरका अंग्रेजी भाषामा पढाइ हुने विश्वविद्यालयमा आइइएलटिएसका परीक्षार्थीलाई विश्वविद्यालयको पाँच हजार डलर (आठ लाख ४० हजार रुपैयाँ)सम्मको ट्युसन शुल्कमा टेवा दिनेछ ।

यो वर्षको प्रतिस्पर्धा चीन, जापान, हङकङ, इण्डोनेसिया, कोरिया, मलेसिया, फिलिपिन्स, सिंगापुर, ताइवान, थाइल्याण्ड, भियतनाम, बंगलादेश, पाकिस्तान, नेपाल र श्रीलंकाबाट आइइएलटिएसको परीक्षा दिएका परीक्षार्थीका लागि खुला गरिएको थियो ।

प्रतिस्पर्धात्मक आवेदन प्रक्रियामार्फत् छनोट भएका तीन विजेता रिजु अधिकारीले पहिलो पुरस्कार जिबिपी पाँच हजार(आठ लाख ४० हजार), दोस्रो पुरस्कार उज्ज्वल भेटुवाल जिबिपी दुई हजार (तीन लाख ३६ हजार), तेस्रो पुरस्कार रिशिका शाहले जिबिपी एक हजार (एक लाख ६८ हजार) रुपैयाँ प्राप्त गरेका हुन् । यसबाहेक पनि काउन्सिलमा दर्ता भएर सन् २०२३ को सेप्टेम्बर १ देखि नोभेम्बर ३० को बीचमा आइइएलटिएसको परीक्षा दिएका परीक्षार्थीमध्ये केही भाग्यशाली विजेताले आइइएलटिएस उपहार पाएका छन् ।

आयोजकका अनुसार हरेक हप्ता एक भाग्यशाली विजेताले जिबेएल चार्ज ५ जितिरहेका छन् । मासिक विजेताले सेप्टेम्बर र अक्टोबरमा एप्पल म्याक पाएका थिए । दुर्ई भाग्यशाली विजेतालाई आफूले रोजेको गन्तव्यका लागि कतार एयरवेजको एकतर्फी टिकट पनि दिइएको थियो ।

काउन्सिल नेपालका देशीय निर्देशक शाहिदा म्याकडगलले भने, ‘६० वर्षभन्दा बढी समयदेखि हामी नेपालमा छौँ, हामीले यहाँको शिक्षामा भइरहेका सुधारलाई टेवा दिँदै युवा नेपालीलाई उनीहरूको पूर्ण सम्भावना हासिलका लागि अवसर सिर्जना गरिरहेका छौँ र अन्ततः नेपालको आर्थिक विकास तथा समृद्धिमा योगदानसमेत दिइरहेका छौँ । हाम्रो आइइएलटिएस प्राइज र आइइएलटिएस उपहार अभियानका विजेतालाई हार्दिक बधाई छ । आइइएलटिएस प्राइजले तपाईंको सपना पूरा गर्न र शैक्षिक लक्ष्य हासिल गर्न मद्दत गर्छ भन्ने आशा मैले लिएको छु ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेको तेस्रो दिनको बयान सुरु

काठमाडाैं । सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) …

प्रतिकृया दिनुहॊस