सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशको सुनुवाइसम्बन्धी निर्णय आज

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइको निर्णय आउँदैछ । प्रस्तावित न्यायाधीशका विषयमा निर्णय गर्न संसदीय समितिको बैठक बोलाइएको हो ।

बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ । गत मंसिर ५ गते न्यायपरिषद्ले गरेको नियुक्ति सिफारिसमा २९ देखि संसदीय सुनुवाइ समितिले सुनुवाइ थालेको थियो । सुनुवाइ सोमबार सकिएको थियो ।

प्रस्तावित ६ न्यायाधीशमा बालकृष्ण ढकाल, सुनीलकुमार पोखरेल, टेकप्रसाद ढुंगाना, महेश शर्मा पौडेल, सारंगा सुवेदी र अब्दुल अजिज मुसलमान छन् । समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री