काठमाडौं । एक १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा भोजपुर षडानन्द नगरपालिका–८ सेमिङ बस्ने ५६ वर्षीय चुँडाबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीले ती किशोरीलाई सोही नगरपालिका–८ आहाले कुलोको बन्मारा घारीमा लगेर सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
पुरा पढ्नुहॊस »पूर्वमन्त्री पौडेलको सवारी दुर्घटनामा निधन
काठमाडाैं । बागमती प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । चितवनको गैँडाकोट नगरपालिका-५ कालीगण्डकी चोकमा भएको दुर्घटनामा परी उनको निधन भएको हो । इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४६प ७७५९ नं को मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग१ख ८५४७ नं को जन्ती बोकेको बसले ठक्कँर दिँदा ६७ वर्षीय पौडेलको निधन भएको हो । दुर्घटनामा परी गम्भीर घाइते …
पुरा पढ्नुहॊस »हेलम्बुमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ दोरिङ भिरमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ । बा२च ४४५० नम्बरको जिप दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जीवकुमार यादवले जानकारी दिए । मृत्यु हुनेमा ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङ्मु रहेका छन् । दुवैजनाको घट्नास्थलमै ज्यान गएको हो । दुर्घटनामा घाइते हुनेमा चार भुटानी र एक नेपाली नागरिक रहेका प्रहरी निरीक्षक यादवले बताए …
पुरा पढ्नुहॊस »इमेज सहकारीकी कोषाध्यक्ष लक्ष्मी कारागार चलान, डेढ अर्ब हिनामिना
काठमाडाैं । सहकारी ठगी मुद्दामा इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष २७ वर्षीय लक्ष्मी सेन सुनारलाई जेल चलान गरिएको छ । जिल्ला अदालत बागलुङको सोमबारको आदेशले सुनार जेल चलान भएकी हुन् । उनीविरुद्ध गत असार १० गते पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला प्रहरीले अदालतमा पेस गरेपछि अदालतको आदेशले उनलाई पुर्पक्षका लागि जेल पठाइएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले निसीखोला …
पुरा पढ्नुहॊस »माडीमा सालनालसहित नवजात शिशुको शव फेला
काठमाडाैं । चितवनको माडीमा सालनालसहित नवजात शिशुको शव फेला परेको छ । माडी–७, गौरीनगरस्थित उपेन्द्र आचार्यको खेतमा रहेको सालको रुखमुनि मंगलवार बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेसंगै स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । गर्भमा ९ महिना रही जन्मेको जस्तो देखिने सो पुरुष शिशु फाल्नेको खोजी भइरहेको माडी प्रहरीको भनाई छ । मृत शिशुको शव परीक्षणका लागि भरतपूर अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख दिपक रिजालले जानकारी दिए ।
पुरा पढ्नुहॊस »स्कुटर अनियन्त्रित भएर पल्टिदा पछाडि सवार लालूको मृत्यु
काठमाडौं । कैलालीको धनगढीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलवार साँझ धनगढी उपमहानगरपालिका–६ जाली स्थित वासुदेवी विद्यालय नजिक से १ प २८५९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भएको हो । दुर्घटनामा परेर स्कुटर पछाडि सवार बर्दियाको बाँसगढी नगरपालिका ४ बठौवागाँउ बस्ने २५ वर्षीय लालु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा डाक्टरले जाँच गर्दा मृत घोषणा …
पुरा पढ्नुहॊस »खोटाङमा बालिका करणी गरेको आरोपमा अहेव पक्राउ
काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा खोटाङमा एक युवक पक्राउ परेका छन् । १३ वर्षीय बालिकालाई करणी गरेको आरोपमा बराहपोखरी गाउँपालिका-२ सुन्तलेका २२ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन् । आरोपित मगर स्वास्थ्यचौकी सुन्तलेमा कार्यरत करारका अहेव हुन् । मावली हजुरमाको स्वास्थ्य जाँचका लागि स्वास्थ्यचौकी गएको बेला मगरले हजुरमाको स्वास्थ्य अवस्थाकाबारेमा सोध्ने बहानामा एकान्त कोठामा लगेर जबरजस्ती करणी गरेको पीडित बराहपोखरी ९क १०को दाबी छ । घटनाको अनुसन्धानको सिलसिलामा आरोपितलाई …
पुरा पढ्नुहॊस »गैरआवासीय नागरिकता लिएकाले नेपाल आउँदा भिसा लगाउनुपर्ने, शुल्क पनि तिर्नुपर्ने प्रावधान
काठमाडौं । तीन महिनाको अवधिमा झण्डै १४ सय गैरआवासीय नेपालीले नेपाली नागरिकता लिएका छन् । गत २० असोजमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई एनआरएनलाई नागरिकता दिएर गैरआवासीय नेपालीलाई नागरिकताको सुरुवात गरेका थिए । त्यसयता देशभरका जिल्ला प्रशासन कार्यालयबाट १ हजार ३७२ वटा एनआरएन नागरिकता जारी भएको हो । गैरआवासीय नेपाली संघका तत्कालीन कार्यकारी अध्यक्ष बद्री केसी, र अध्यक्ष कुल आचार्य सहितका पदाधिकारीलाई प्रधानमन्त्री मार्फत् नागरिकता हस्तान्तरण गरेर सुरु भएको यस्तो नागरिकता वितरण …
पुरा पढ्नुहॊस »नेपालमै छाप्न थालियो हुलाक टिकट
काठमाडौँ । नेपालमा पहिलो पटक हुलाक टिकट छपाइ सुरु भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आफ्नो छापाखानाबाट टिकट छपाइ गर्न थालेको छ । यसअघि नेपालका हुलाक टिकट भारत, इन्डोनेसियालगायत अन्य मुलुकमा छापिने गरेको थियो । हुलाक टिकट छपाइका लागि चाहिने कच्चा पदार्थ भने जनक शिक्षाले अहिले पनि विदेशबाट नै ल्याएको हो । जनक शिक्षाले राजनीतिज्ञ, सहिद, विभिन्न प्रकारका फूल र अन्य वनस्पतिलगायत १४ प्रकारका हुलाक टिकट …
पुरा पढ्नुहॊस »बागमतीसहित ६ प्रदेशमा वर्षाको सम्भावना, हिमाली भू–भागमा हिमपात
काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै देशका तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ । बुधबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भ–ूभागका थोरै स्थानहरूका साथै …
पुरा पढ्नुहॊस »