काठमाडौं । अतन्त : नेपालमा हिउँदे वर्षा हुने भएको छ। वर्षा र हिमापात हुने भएपछि जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली (Western Disturbance) को कारण नेपालमा वर्षा र हिमपात हुने छ । बुधबार अपरान्हबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश …
पुरा पढ्नुहॊस »कांग्रेस निकट आदिवासी जनजाति महासंघका चार सदस्य मनोनीत
काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय तदर्थ कार्यसमितिमा थप चार सदस्य मनोनयन गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार थप सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । थपिएका सदस्यहरूमा बाराका अमिर लामा मोक्तान, सिन्धुलीका अर्जुनकुमार गुरुङ, चितवनका इन्द्रमाया लामा र धादिङका सानुराम घले रहेका छन् । ओमबहादुर घर्तीमगरको अध्यक्षतामा सो महासंघको केन्द्रीय तदर्थ कार्यसमिति छ ।
पुरा पढ्नुहॊस »निर्माणाधीन घरको लिफ्टबाट खसेर इञ्जिनियरको मृत्यु
काठमाडौँ । पोखराको लेकसाइडमा निर्माणाधीन घरको लिफ्टबाट खसेर पोखरा–८ निवासी इञ्जिनियर प्रविण भट्टराईको मृत्यु भएको छ । मंगलबार लेकसाइडस्थित चिनिमाया भण्डारीको निर्माणाधीन घरको पाँचौं तलामा तातोपानी परीक्षण गर्न गएका भट्टराई अचानक लिफ्टबाट खसेका थिए । कास्की प्रहरीका अनुसार मुक्ति इनर्जी प्रालिमा कार्यरत भट्टराई लिफ्टबाट खसेर घाइते भएपछि उपचारका लागि गण्डकी मेडिकल कलेज भर्ना गरिएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहॊस »श्रीमतीको हत्या अभियोगमा वृद्ध पक्राउ
काठमाडाैं । श्रीमतीको हत्या गरेको आरोपमा इलाम माङसेबुङका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । करिब ६२ वर्षीया हस्तकुमारी लिम्बूको कुटपिट गरी हत्या गरेको आरोपमा माङसेबुङ गाउँपालिका–२ इभाङका बालध्वज लिम्बू सोमबार पक्राउ परेको प्रहरीले जनाएको छ । तामाखोला दोभानमा बस्दै आएका उनीहरुबीच शुक्रबार साँझ झैझगडा भएको थियो । झगडाका क्रममा बालध्वजको कुटपिटबाट गम्भीर घाइते भएकी हस्तकुमारीको झापाको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको थियो । त्यसपछि श्रीमतीको शव …
पुरा पढ्नुहॊस »हृदयघातबाट उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन
काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको हृदयघात हुँदा निधन भएको छ । हृदयघात भएपछि अस्पताल लगिए पनि उपचारका क्रममा उनको मंगलबार बिहान ५६ वर्षको उमेरमा निधन भएको हो । उनी अघिल्लो साता मात्रै सरुवा भएर पाटन आएका थिए । लामो समय जिल्ला न्यायाधीश रहेका उनी अघिल्लो महिना मात्रै उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । मंगलबार घरमा बसिरहेका बेला स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो ।
पुरा पढ्नुहॊस »सापटी फिर्ता माग्दा मन्त्रीले दिए ज्यान मार्ने धम्की, प्रहरीमा पुग्यो उजुरी
काठमाडौं । सुदूरपश्चिमका सामाजिक विकास मन्त्रीविरुद्ध प्रहरीमा उजुरी परेको छ । मन्त्री झपट साउदविरुद्ध कैलाली प्रहरीमा उजुरी परेको हो । बझाङको बुँगल नगरपालिका-१ का धनबहादुर बोहराले आफूले रामारोसन गाउँपालिका-६ का वीरबहादुर साउदको छोरा ४३ वर्षका झपटबहादुर साउद (बहालवाला मन्त्री)ले विभिन्न मितिमा मलाई साह्रै समस्या छ भनी रुपियाँ सापटी मागेको र उक्त रकम फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै धनबहादुर बोहराले उजुरी हालेका हुन् । उनको उजुरीमा भनिएको छ, ‘समस्या …
पुरा पढ्नुहॊस »वडाध्यक्षले नै बाँदर नियन्त्रण गर्न ‘मेरो रुख म काट्छु’ अभियान सञ्चालन गर्नू भनेपछि…
काठमाडौं । पोखरा महानगरपालिका-१९ ले बाँदर नियन्त्रणको लागि रुख काट्न आग्रह गरेका छन् । लामाचौरका वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सूचना निकालेर वडावासीलाई आफ्नो घर वरपरको रुख काट्न आग्रह गरेका हुन् । वडाध्यक्ष पाण्डेले जारी गरेको सूचनामा भनिएको छ, ‘पोखरा महानगरपालिका साविक लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको र हाल प्रदेश सरकारले पनि बाँदर नियन्त्रणको नीति पास गरेको हुँदा आजको मितिले १० दिनभित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन …
पुरा पढ्नुहॊस »सरकारी कार्यालय आजदेखि ५ बजेसम्म खुल्ने
काठमाडौं । देशभरका सम्पूर्ण सरकारी कार्यालय आज देखि साँझ ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि साँझ ५ बजेसम्म हुने जनाएको थियो । सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो । वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत …
पुरा पढ्नुहॊस »फैसलाको पूर्णपाठ- यौन सम्बन्ध राख्ने मनसाय राखेरै सन्दीपले गौशाला-२६ लाई होटलमा लगे
असमान हैसियतमा भएको करणी कार्यलाई मन्जुरीको भन्न नमिल्ने अदालतको व्याख्या छ । काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफ्नो ख्याति (स्टारडम)को दुरुपयोग गरेको ठहर गरेको छ । सोमबार आएको फैसलाको पूर्णपाठमा असमान हैसियतमा भएको करणी कार्यलाई मन्जुरीको भन्न नमिल्ने व्याख्या गरेको हो । न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषी ठहर गर्ने गरेको फैसलाको पूर्णपाठमा क्रिकेट खेलेर कमाएको ख्यातीको दुरुपयोग गरी पीडितको कमजोर अवस्थाको फाइदा उठाएर बलात्कार …
पुरा पढ्नुहॊस »पाँच प्रदेशमा वर्षाको सम्भावना, चिसोले जनजीवन प्रभावित
काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहेको मौसमविद्ले जनाएका छन् । देशका तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी …
पुरा पढ्नुहॊस »