काठमाडौं । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्नुभएका शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी मनाउने गरिएको छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन इतिहासका विभिन्न काल खण्डमा निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका क्रान्ति तथा लोकतान्त्रिक जनआन्दोलनमा …
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
इनाम र प्रतिष्ठा कमाउने वेला छ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर यात्राको क्रममा सचेत रहनु पर्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »नागरिकता दुरूपयोग गरी बैंक खाता खोल्ने महिला पक्राउ
काठमाडौँ । अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाइसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्यलाई चेक दिई दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीउपर बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले …
पुरा पढ्नुहॊस »जनताको आत्मसम्मानमा चोट पुग्ने काम गर्नु हुँदैन : उपप्रधानमन्त्री खड्का
काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनमा रहेका तथा राज्य सञ्चालनमा रहेका पदाधिकारी तथा सम्बद्ध सबैले जनतालाई शिरमा राखेर काम गर्नुपर्ने बताएका छन् । नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीको निरीक्षणका अवसरमा आयोजित कार्यक्रममा उनले संविधानले नै राज्यशक्तिको मूल स्रोत र सार्वभौमसत्ता नेपाली जनतामा निहित गरेकाले जनताको मन दुख्ने कुनै व्यवहार र काम कसैले पनि गर्न नहुने धारणा राखे । उपप्रधानमन्त्री खड्काले भने, ‘राज्यका सबै निकायले जनतालाई मन नपर्ने वा …
पुरा पढ्नुहॊस »दूधेबालकसहित स्वास्थ्य चौकी हिँडेकी यमुना मृत भेटिइन्
काठमाडाैं । यमुना भुर्तेल चापागाईँ आइतबार आफ्नो २५ दिनको बालकसहित घरबाट निस्केकी थिइन् । पाँचथरको याङवरक गाउँपालिका गणेश चोक छेउ ढाँडगाउँ बस्ने उनी बालकलाई खोप लगाउन भन्दै घरबाट निस्केकी थिइन् । ‘हिजो बिहान ११ बजेतिर घरबाट परेवाडाँडा स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन घरबाट हिँडेकी रहिछन् । बेलुका नाङखोल्याङको सेसम्बुमा एकजना आमाले भेटाउनु भएको रहेछ, तर माइतीघरसम्म आइपुगिनन्’ यमुनाका बुवा जय भुर्तेलले भने । उनको माइती घर आठराई त्रिवेणी गाउँपालिका-२ फूलबारी …
पुरा पढ्नुहॊस »स्वास्थ्यमन्त्री बस्नेतको चिन्ता- अबको पाँच वर्षमा नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन् । सोमबार शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरे । उनले नेपालको शिक्षा नीतिमा केही कमी, कमजोरीहरू रहेको पनि बताएका छन् । कमजोरीहरूलाई हटाएर अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ । उनले जनसंख्या बढिरहेको …
पुरा पढ्नुहॊस »विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने !
काठमाडौँ । विज्ञापन बोर्डले सार्वजनिकस्थानमा राखिने होडिङबोर्ड र सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जनाएको छ । बोर्डले आयोजना गरेको ‘विज्ञापनमा कलाकारहरुको भूमिका’ विषयक छलफल कार्यक्रममा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ जारी भएपछि यस क्षेत्रलाई नियमन र व्यवस्थित गरिएको बताए । उनले विज्ञापनमा स्वदेशी कलाकारलाई प्रोत्साहन दिन त्यस्तो प्रबन्ध गरिएको भन्दै सार्वजनिकस्थानमा राखिने होडिङबोर्ड तथा सञ्चारमाध्यममा प्रकाशन, प्रसारण हुने विज्ञापनमा विदेशी …
पुरा पढ्नुहॊस »डिउटीमा खटिएका दुई प्रहरी रुकुमका युवाबाट कुटिए
काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा स्थानीय युवाको विवाद मिलाउन गएका प्रहरी जवानमाथि नै आक्रमण भएको छ । आक्रमणमा परेर दुई जना प्रहरी जवान घाइते भएका छन् । स्थानीय युवाको आक्रमण परेर इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान महेन्द्रबहादुर शाही र हिमराज खड्का घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मेन्द्र खड्काका अनुसार आइतबार साँझ बाँफिकोट गाउँपालिका–३ स्यार्पु ताल नजिकै स्थानीयबीच भएको विवाद भएको थियो । त्यही विवादबारे …
पुरा पढ्नुहॊस »त्रिविको सेवा अनलाइनबाटै, अब लाइन बस्नु नपर्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आजदेखि सेवा अनलाइनबाटै दिने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउने लगायतका सेवा अनलाइबाटै लिन सकिने छ । केही समयका लागि अनलाइन र अफलाइन दुवै सेवा सञ्चालन हुने र पूर्ण अनलाइन सञ्चालनबारे पुनः सूचना प्रकाशन गरी जानकारी दिने कार्यालयले बताएको छ । ट्रान्सक्रिप्टका लागि अनलाइन आवेदन कसरी दिने ? १. सबैभन्दा पहिले यहाँ …
पुरा पढ्नुहॊस »ललितपुरमा जर्मन महिलाको शंकास्पद मृत्यु, टाउकोमा चोट
काठमाडौं । ललितपुरको मंगलबजारस्थित नकिबहालमा मृत अवस्थामा भेटिएकी जर्मन महिलाको मृत्यु शंकास्पद देखिएको छ । मृतक जर्मन घर भएर ललितपुर बस्ने एडि इल एचइडी हुन् । मृतक महिलाको टाउकोमा चोट देखिएको छ । राजभाई बज्राचार्यको ग्रिनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा उनी मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ । उनी करिब ५५–६० उमेरकी छन् ।
पुरा पढ्नुहॊस »