काठमाडौं । एक १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा भोजपुर षडानन्द नगरपालिका–८ सेमिङ बस्ने ५६ वर्षीय चुँडाबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
कार्कीले ती किशोरीलाई सोही नगरपालिका–८ आहाले कुलोको बन्मारा घारीमा लगेर सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहॊस