सांकेतिक तस्बिर

खोटाङमा बालिका करणी गरेको आरोपमा अहेव पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा खोटाङमा एक युवक पक्राउ परेका छन् । १३ वर्षीय बालिकालाई करणी गरेको आरोपमा बराहपोखरी गाउँपालिका-२ सुन्तलेका २२ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन् ।

आरोपित मगर स्वास्थ्यचौकी सुन्तलेमा कार्यरत करारका अहेव हुन् । मावली हजुरमाको स्वास्थ्य जाँचका लागि स्वास्थ्यचौकी गएको बेला मगरले हजुरमाको स्वास्थ्य अवस्थाकाबारेमा सोध्ने बहानामा एकान्त कोठामा लगेर जबरजस्ती करणी गरेको पीडित बराहपोखरी ९क १०को दाबी छ ।

घटनाको अनुसन्धानको सिलसिलामा आरोपितलाई माघ ११ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए । मगरले गत पुस २९ गते बालिकालाई जबरजस्ती करणी गरेको जाहेरी परेको प्रहरीले जनाएको छ ।

स्वास्थ्यचौकीबाट घर फर्काए लगत्तै हजुरमाको मृत्यु भएको र काजकिरियाको काममा लाग्दा उजुरी दिन ढिलाइ भएको पीडितको भनाई छ । माघ ११ गते हजुरमाको काजकिरिया सकेपछि मात्रै पीडित प्रहरी चौकी धर्तुङ पुगेकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस