आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । प्रविधि मार्फत आफन्तसँग भेटघाट हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »बाँदर नियन्त्रण गर्न रुख काट्ने निर्णयबाट पछि हटे वडाध्यक्ष
काठमाडौं । बाँदर नियन्त्रण गर्न ‘मेरो रुख म काट्छु’ अभियान सुरु गर्न वडावासीलाई आह्वान गरेका पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे आफ्नो निर्णयबाट पछि हटेका छन् । आह्वानको चौतर्फि आलोजना भएपछि वडाध्यक्ष पाण्डे आफ्नो निर्णयबाट पछि हटेका हुन् । यो पनि : वडाध्यक्षले नै बाँदर नियन्त्रण गर्न ‘मेरो रुख म काट्छु’ अभियान सञ्चालन गर्नू भनेपछि… उनले सोमबार एक सूचना जारी गर्दै घरवरपरका रुख १० दिनभित्र आफैं काट्न वडावासीका नाममा सूचना …
पुरा पढ्नुहॊस »बैतडीमा जीप दुर्घटना : एक किशोरीको मृत्यु, सात जना घाइते
काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दोगडाकेदार गाउँपालिका-८ कालागाउँकी १५ वर्षीया मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते सात जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार जीपमा आठ जना सवार थिए । जीप सडकबाट ५० मिटर तल खसेको छ । जिल्लाको दोगडाकेदार-२ कटौजपानीमा जीप दुर्घटनामा परेको हो । सिल्लेगडा बजारबाट यात्रु बोकेर …
पुरा पढ्नुहॊस »३४ जनाको उजुरीपछि समातिए डेढ अर्ब अनलाइन ठगी गर्ने शाह
काठमाडौं । सप्तरी राजविराजका डम्बर साह अनलाइन ठगी आरोपमा पक्राउ परेका छन् । उपत्यका अपराध अनुसनधान कार्यालयको प्रहरी टोलीले उनलाई पाँचथरबाट पक्राउ गरेको हो । उनले दुईमै अनलाइनबाटै करिब डेढ अर्ब ठगी गरेको पाइएको छ । पछिल्लो समय विभिन्न पुरस्कारका नाममा गरिने ठगीमा सर्वसाधारण सजिलै पर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सामाजिक सञ्जालबाट ठगिएको भन्दै आउने उजुरी केलाउँदै जाँदा अपराध अनुसन्धान कार्यालयको टोलीले एउटा अकाउन्ट ठगी कार्यमा पटक–पटक प्रयोग …
पुरा पढ्नुहॊस »बुधबारदेखि हिउँदे वर्षाको पूर्वानुमान, विभागले जारी गर्यो विशेष बुलेटिन
काठमाडौं । अतन्त : नेपालमा हिउँदे वर्षा हुने भएको छ। वर्षा र हिमापात हुने भएपछि जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली (Western Disturbance) को कारण नेपालमा वर्षा र हिमपात हुने छ । बुधबार अपरान्हबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश …
पुरा पढ्नुहॊस »कांग्रेस निकट आदिवासी जनजाति महासंघका चार सदस्य मनोनीत
काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय तदर्थ कार्यसमितिमा थप चार सदस्य मनोनयन गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार थप सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । थपिएका सदस्यहरूमा बाराका अमिर लामा मोक्तान, सिन्धुलीका अर्जुनकुमार गुरुङ, चितवनका इन्द्रमाया लामा र धादिङका सानुराम घले रहेका छन् । ओमबहादुर घर्तीमगरको अध्यक्षतामा सो महासंघको केन्द्रीय तदर्थ कार्यसमिति छ ।
पुरा पढ्नुहॊस »निर्माणाधीन घरको लिफ्टबाट खसेर इञ्जिनियरको मृत्यु
काठमाडौँ । पोखराको लेकसाइडमा निर्माणाधीन घरको लिफ्टबाट खसेर पोखरा–८ निवासी इञ्जिनियर प्रविण भट्टराईको मृत्यु भएको छ । मंगलबार लेकसाइडस्थित चिनिमाया भण्डारीको निर्माणाधीन घरको पाँचौं तलामा तातोपानी परीक्षण गर्न गएका भट्टराई अचानक लिफ्टबाट खसेका थिए । कास्की प्रहरीका अनुसार मुक्ति इनर्जी प्रालिमा कार्यरत भट्टराई लिफ्टबाट खसेर घाइते भएपछि उपचारका लागि गण्डकी मेडिकल कलेज भर्ना गरिएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहॊस »श्रीमतीको हत्या अभियोगमा वृद्ध पक्राउ
काठमाडाैं । श्रीमतीको हत्या गरेको आरोपमा इलाम माङसेबुङका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । करिब ६२ वर्षीया हस्तकुमारी लिम्बूको कुटपिट गरी हत्या गरेको आरोपमा माङसेबुङ गाउँपालिका–२ इभाङका बालध्वज लिम्बू सोमबार पक्राउ परेको प्रहरीले जनाएको छ । तामाखोला दोभानमा बस्दै आएका उनीहरुबीच शुक्रबार साँझ झैझगडा भएको थियो । झगडाका क्रममा बालध्वजको कुटपिटबाट गम्भीर घाइते भएकी हस्तकुमारीको झापाको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको थियो । त्यसपछि श्रीमतीको शव …
पुरा पढ्नुहॊस »हृदयघातबाट उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन
काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको हृदयघात हुँदा निधन भएको छ । हृदयघात भएपछि अस्पताल लगिए पनि उपचारका क्रममा उनको मंगलबार बिहान ५६ वर्षको उमेरमा निधन भएको हो । उनी अघिल्लो साता मात्रै सरुवा भएर पाटन आएका थिए । लामो समय जिल्ला न्यायाधीश रहेका उनी अघिल्लो महिना मात्रै उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । मंगलबार घरमा बसिरहेका बेला स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो ।
पुरा पढ्नुहॊस »सापटी फिर्ता माग्दा मन्त्रीले दिए ज्यान मार्ने धम्की, प्रहरीमा पुग्यो उजुरी
काठमाडौं । सुदूरपश्चिमका सामाजिक विकास मन्त्रीविरुद्ध प्रहरीमा उजुरी परेको छ । मन्त्री झपट साउदविरुद्ध कैलाली प्रहरीमा उजुरी परेको हो । बझाङको बुँगल नगरपालिका-१ का धनबहादुर बोहराले आफूले रामारोसन गाउँपालिका-६ का वीरबहादुर साउदको छोरा ४३ वर्षका झपटबहादुर साउद (बहालवाला मन्त्री)ले विभिन्न मितिमा मलाई साह्रै समस्या छ भनी रुपियाँ सापटी मागेको र उक्त रकम फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै धनबहादुर बोहराले उजुरी हालेका हुन् । उनको उजुरीमा भनिएको छ, ‘समस्या …
पुरा पढ्नुहॊस »