राधेकी श्रीमतीको पनि मृत्यु, चार महिनाअघि मात्रै गरेको थिए प्रेम विवाह 

काठमाडौं । महोत्तरीको लोहारपट्टीका राधे सहनीकी श्रीमतीको पनि मृत्यु भएको छ । धनुषामा सोमबार मृत भेटिएका लोहारपट्टी नगरपालिका-३ महदैयाका २२ वर्षीय राधेकी अस्मिता शर्माको पनि मृत्यु भएको हो ।

गम्भीर घाइते अवस्थामा फेला परेकी २० वर्षीया अस्मिताको प्रादेशिक अस्पतालमा उपचारका सोमबार राति ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए । राधे सोमबार बिहान धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियास्थित सडक छेउको गहुँ खेतमा मृत फेला परेका थिए ।

चार महिनाअघि राधे र पकडियाकी अस्मिताबीच प्रेम विवाह भएको थियो । विवाह पश्चात् दुवैजना क्षिरेश्वरनाथ नगरपालिकाकै महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए । मोटरसाइकल दुर्घटनामा परी राधेको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

गम्भीर घाइते अस्मितालाई राधेका साथीहरूले अचेत अवस्थामा माइतीले पुर्‍याए थिए । तीनजना साथीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दलहरुको अडान यथावत, बस्दैनबसी स्थगित भयो संसद् बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि …

प्रतिकृया दिनुहॊस

This will auto close after