भारतीय ट्रक छुटाउन नेपालगञ्ज भन्सारमा प्रदर्शन, अावतजावत ठप्प

नेपालगञ्ज । भन्सार एजेन्टहरुले प्रदर्शन गर्दै नेपालगञ्ज भन्सार ठप्प पारेका छन् ।

 

भन्सार छलेर मध्यरातमा नेपाल भित्रिएको ट्रक प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरुले मंगलबार भन्सार ठप्प पारेका हुन् ।

भुलबस प्रज्ञापनपत्र विना नै भारतीय ट्रक नेपाल भित्रिएको भन्दै भारतीय र नेपालका एजेन्टहरुले नाकामा विरोध प्रदर्शन गरी ठप्प पारेका हुन् ।

विभिन्न सुरक्षा घेरालाई चुनौती दिदै नेपालगञ्ज भन्सारले सुईकोसम्म नपाई भारतीय ट्रक नेपालगन्ज भित्रिएपछि तीन दिन अघि संघीय प्रहरी इकाइ कार्यालय नेपालगन्जको प्रहरीले ट्रक नियन्त्रणमा लिएको थियो ।

प्रहरीले गत शनिवार राति करीब साढे ११ बजे यूपी३६टी ७३०७ नं.को भारतीय ट्रकलाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ ।

भन्सार छलेर ठूलो परिणाममा सामान भित्रिँदै गरेको सूचनाको आधारमा कारवाही गर्दा विना भन्सार करीब ७० लाख रुपैयाँको मेसिन र त्यसमा प्रयोग हुने सामग्रीसहित भारतीय ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अनलाइनखबरबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर …

प्रतिकृया दिनुहॊस