समाचार

झापाको विर्तामोडमा अनिश्चितकालीन कर्फ्यू

झापा।   ११ वर्षीय बालक लक्ष्मण सिवाकोटीको  हत्याको विषयलाई लिएर झापाको बिर्तामोडमा स्थानिय तथा प्रहरीबिच झडप भएकाे छ । दशैंकै समयमा बालकको हत्या भएको भएपनि प्रहरी कार्यालयले मुद्दा दर्ता गर्न नमानेपछि आक्रोशित भीडले जिल्ला ट्राफिक प्रहरी कार्यालय, मेयर कार्यालय लगायतका सरकारी कार्यालयहरुमाथि तोडफोड गरेका छन् । शुक्रबार विहानैदेखि स्थिती तनावग्रस्त भएपछि दिउँसो साँढे एक बजेदेखि अनिश्चितकालको लागि कर्फ्यू लगाईएको जिल्ला प्रहरी कार्यालय  झापाका प्रहरी उपरीक्षक विष्णु केशीले जानकारी  दिएका छन् ।उहाँका अनुसार पूर्वमा …

पुरा पढ्नुहॊस »

पहिलो चरणको निर्वाचनमा सेनासहित तीन घेराको सुरक्षा

काठमाडौं। संघ र प्रदेशको पहिलो चरणको निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले स्थानीय तह निर्वाचनमा अपनाएको सुरक्षा योजना परिमार्जनसहित कार्यान्वयनमा ल्याउँदै तीन घेरे रणनीति बनाएको छ । निर्वाचन अगाडि  मतदानको दिन र मतदान सकिएपछि गणनाको समय गरी निर्वाचनको सुरक्षालाई तीन तहमा बर्गीकरण गरी सोहीअनुसार परिचालनका लागि सुरक्षा तयारी भईसकेको गृह मन्त्रालयले जनाएको छ ।

पुरा पढ्नुहॊस »

नवल यादवलाई संयुक्त राष्ट्रसंघको प्रतिष्ठित अवार्ड

काठमाडौं । नेपाली नागरिक नवल यादवले सन् २०१७ को संयुक्त राष्ट्रसंघीय महासचिव अवार्ड प्राप्त गरेका छन् । न्यूयोर्कस्थित राष्ट्रसंघको सचिवालयमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रसंघका उपमहासचिव एमिना जे मोहम्मदले उनलाई शुक्रबार  सो अवार्ड प्रदान गरेकी हुन् । उक्त  संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष आफ्नो जिम्मेवारीभन्दा माथि उठेर योगदान पुर्‍यउने कर्मचारीलाई चार विधामा महासचिव अवार्ड प्रदान गर्ने गर्छ । यादवले ‘च्याम्पियन अफ द सस्टेनेबल डेभलपमेन्ट गोल्स विधामा परस्कार जितेका हुन् । नेपालमा …

पुरा पढ्नुहॊस »

राजधानीमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपिल

काठमाडौं । राजधानी काठमाडौंका अस्पतालहरुमा रगत अभाव देखिएको छ । अस्पतालमा रगत अभाव भएपछि बिरामी मर्कामा परेका छन् ।चाड-पर्व अघि रगत अभाव नभएपनि दशैं, तिहारपछि बजारमा रगत अभाव भएकाे हाे ।   नेपाल रेडक्रसले अस्पताल तथा बिरामीहरुबाट रगतको माग बढेको तर तिहार तथा छठ जस्ता महत्त्वपूर्ण चाडको समयमा रक्तदान शिविर र दाताहरुको संख्यामा कमी भएकोले आपूर्ति घट्दा काठमाडौंमा रक्त अभाव भएको जनाएको छ । रक्तसञ्चार केन्द्रकी निर्देशक डाक्टर मनिता राजकर्णिकारले …

पुरा पढ्नुहॊस »

भोलि पनि सार्वजनिक विदा

काठमाडौं । सरकारले छठ पर्वका अवसरमा भोलि पनि सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर एक दिन विदा थप गरिएको जनाएको छ । यसअघि छठमा १  दिन मात्र विदा दिने प्रचलन थियो ।

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकमा रोजगारीको अवसर

काठमाडौं ।   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा रोजगारीको अवसर  खुलेको छ ।तर   बैंकले आवश्यक कर्मचारीको संख्या कति भने तोकेको छैन ।

पुरा पढ्नुहॊस »

निर्वाचनको लागि सेना परिचालन गर्न राष्ट्रपतिद्धारा स्वीकृत

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न स्वीकृति  दिएकी छिन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीद्वारा राससको नयाँ भवन शिलान्यास

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको एकमात्र समाचार समिति राष्ट्रिय समाचार समिति (रासस)को नयाँ कार्यालय भवनको शिलान्यास गरेका छन्   । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले भद्रकाली प्लाजास्थित राससको केन्द्रीय कार्यालय भवनमा क्षति पु¥याएको थियो ।  सोही स्थानमा नयाँ भवन निर्माण गर्न लागिएको हो । राससले नेपाली र अङ्ग्रेजी भाषामा देशभरबाट प्राप्त महत्वपूर्ण समाचार हरेक दिन विहान ६ः०० बजेदेखि राति ११ः०० बजेसम्म अविछिन्नरुपमा आफ्ना सेवाग्राही आमसञ्चारका माध्यमलाई विद्युतीय अनलाइन …

पुरा पढ्नुहॊस »

छठ पूजामा राष्ट्रपति सहभागी हुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज राजधानीको कमलपाेखरीमा आयोजना गरिएको छठ पूजा समारोहमा सहभागी हुने भएकी छन् । छठ पर्व समारोहमा सहभागी भएर राष्ट्रपति भण्डारीले साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने कार्यक्रम छ ।

पुरा पढ्नुहॊस »

निर्वाचनमा खटिने निजामती कर्मचारी र सुरक्षा निकायले भोट हाल्न नपाउने

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खटिने निजामती कर्मचारी र सुरक्षा निकायले समानुपातिकतर्फ भोट हाल्न नपाउने भएका छन् । निर्वाचन आयोगले मतदानमा सहभागी नगराउने निर्णय गरेसँगै कर्मचारीसँगै सेना, प्रहरी र म्यादी प्रहरी मतदानबाट वञ्चित भएका  हुन्। आयोगका अनुसार निर्वाचनमा खटिएकाले मतदान गर्न नपाए पनि बिदामा बसेकाले भने मतदाता नामावली भएको क्षेत्रमा भने मतदान गर्न पाउनेछन् ।

पुरा पढ्नुहॊस »