माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ

काठमाडौं ।  सर्बोच्च अदालतबाट हत्या अभियोगमा जन्मकैदको फैसला भएका माओवादी केन्द्रका नेता एवम पुर्व सभासद बालकृष्ण ढुंगेललाई मंगलबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले सातदोबाटोबाट पक्राउ गरेको  छ।

ढुंगेललाई आफन्तको कोठामा बसिरहेको अवस्थामा पक्राउ गरिएको बताईएको छ । द्वन्द्वकालीन मुद्धामा सर्वोच्चले २०६६ पुस १९ गते ढुंगेललाई सर्वश्वसहित जन्मकैदको  फैसला गरेपछि पूर्व सांसद समेत रहेका ढुंगेल लुकिछिपी बस्दै आएका थिए । अहिले ढुंगेललाई  हिरासतमा राखिएको र जेल चलन गर्ने तयारी भईरहेको प्रहरीले स्रोतले बताएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस