अर्घाखाँचीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना, एक नेपालीको मृत्यु

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक नेपाली युवकको मृत्यु भएको छ । अर्घाखाँचीकै मालारानी गाउँपालिका–७ टिमुरे का २६ वर्षीय नवीन नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मालारानी गाउँपालिका खनदहदेखि सन्धिखर्कतर्फ आउँदै गरेको एचआर ५५ एयू ८७९३ नम्बरको कार अनियन्त्रित भई सन्धिखर्क– ११ ढुङ्गेदेउरालीमा आइतबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्र मल्लले जानकारी दिए । करिब ८०० मिटर तल खस्दा कार क्षतविक्षत भएको छ । कारमा दुई जना सवार भनिए पनि एक जनाको मात्र शव भेटिएको मल्लले बताए । अर्का व्यक्ति रहेको प्रमाण नभेटिएको उनले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

Bida/सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’ !

आज पनि तिहारको बिदा

काठमाडौं । भाइटीका लगाई आइतबार नै तिहार (यमपञ्चक) समापन भए पनि सोमबार सरकारी कार्यालय खुल्ने …

प्रतिकृया दिनुहॊस