न्यूयोर्कमा आंतकवादी आक्रमण, आक्रमणकारीले जथाभावी ट्रक चलाएर ८ जनालाई मारे, ११ घाइते

न्यूयोर्कको म्यानह्याटनस्थित व्यस्त सडकमा एक आतंकवादीले जथाभावी ट्रक चलाउँदा ८ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

स्थानीय सुरक्षा अधिकारीका अनुसार मानिसहरु हिँड्डुल गर्ने तथा साइकल चलाउने बाटोमा २९ वर्षीय सेफुल्ला साइपोब जथाभावी ट्रक चलाएका थिए । प्रहरीले उनलाई गोली प्रहार गरी हिरासतमा लिएको बताइएको छ ।

उनी आप्रवासीका रुपमा २०१० मा अमेरिका प्रवेश गरेको पनि मिडियाहरुले दाबी गरेका छन् । यस्तै उनले चलाएको ट्रक भित्र खानतलाशी गर्दा आईएस सम्बद्ध केही कागजपत्र पनि भेटिएको बताएको छ ।

आक्रमणकारीको साथबाट २ वटा सानो बन्दुक पनि फेला परेको न्यूयोर्क प्रहरीले बताएको छ ।

उक्त आक्रमणलाई आतंककारी आक्रमणको संज्ञा दिंदै न्यूयोर्कका मेयर बिल ब्लासियोले भने, ‘सर्वसाधारणमाथि गरिएको आतंककारी आक्रमण निन्दनीय छ। छानबिन पछि मात्र हामी थप बाहिर ल्याउन सक्छौं।’

कान्तिपुर

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री