आज हरिबोधिनी एकादशी, तुलसीको पूजाअराधना गरी मनाइँदै

काठमाडौं । आज हरिबोधिनी एकादशी, तुलसीको पूजाअराधना गरी मनाइँदैछ । एकादशीका दिन  तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाहसमेत गरिन्छ ।

आज काठमाडौँ उपत्यकाका चारनारायण भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण तथा ललितपुरको विशङ्खुनारायणमा विशेष मेला लागेको छ ।

हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री