चर्चामा मेयर मेहता,बालबालिकाको परिक्षा शुल्क माफ

रौतहट ।रौतहट जिल्लामा शिक्षाको दृष्टिकोणले अत्यन्तै पिछडिएको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता अहिले चर्चाको पात्र बनेका छन् ।

आफ्नो नगरपालिका भित्रका स्थानियको आर्थिक अवस्था निकै जटिल रहेको अनुभुति गर्दै वहाँले ईशनाथ नगरपालिका अन्र्तगत रहेका सम्पूर्ण सामुदायिक विधालयहरुमा अध्यन गर्ने कक्षा १ देखि १० सम्मका बालबालिकाको परिक्षाा शुल्क माफ गर्ने घोषणा गरेका छन् ।

घोषणा विपरित कतिपय विधालयले अटेरी गर्दे विधार्थीहरु संग परिक्षा शुल्क असुल गरेपछि मेयर मेहताले जानकारी पाउन बितिकै सो विधालयमा पुगि परिक्षा शुल्क फिर्ता गर्न लगाएका छन् । मेयर मेहताको यो कदम प्रति स्थानियले वहाको सरहाना गर्न लागेका छन् ।

शिक्षा भनेको देश विकासको मेरुडण्ड भएको हुदाँ आफ्नो कार्यकाल भरी शिक्षाले विशेष ग्राहयता पाउने भन्दै शिक्षामा सुधार ल्याउन जस्तो सुकै कदम चाल्नु परे आफु पछि नहटने मेयर सन्तोष मेहताको भनाई रहेको छ ।

साथै घोषणा विपरित सामुदायिक विधालयले बालबालिका संग गैरजिम्मेवार तरिकाले रकम असुल गरे कडा कारबाही गर्न पछि नहटने मेहताले प्रतिवद्धता व्यक्त गरेका छन् । मेहताले बालबालिकाको लागी चालेको कदम प्रति स्थानियले खुशी प्रकट गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री