काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। निर्वाचन आयोगको गत फागुन १५ गते बसेको बैठकले पाटन उच्च अदालतका न्यायाधीश श्रेष्ठलाई राष्ट्रपति निर्वाचन अधिकृतमा नियुक्त गरेको थियो भने संघीय संसद भवन परिसरभित्रै निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो। राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले आगामी २१ गते सोमबारबाट सुरु हुनेगरी निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ। २१ गते मतदाता नामावली प्रकाशन गर्ने, २३ गते उम्मेदवार मनोनयन गर्ने …
पुरा पढ्नुहॊस »तराई र मधेसका जिल्लामा आज होली मनाइँदै
काठमाडौं । आज देशको तराई र मधेस क्षेत्रमा होली मनाइँदैछ । बिहीबार देशका पहाडी जिल्लाहरुमा होली पर्व मनाइएकोमा आज तराईका जिल्लाहरुमा मनाउन लागिएको हो । सरकारले होली पर्वकै अवसरमा आज तराईका जिल्लाहरुमा बिदा दिएको छ । परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ ।
पुरा पढ्नुहॊस »टुंडिखेलमा ७५ हजार मानिसले एकैपटक बुद्धका उपदेश वाचन गर्ने
काठमाडौं । फागुन १९ गते टुंडिखेलमा ७५ हजार मानिसले एकैपटक बुद्धका उपदेश वाचन गर्ने भएका छन् । विश्व कीर्तिमानी परिषद् नेपालको आयोजनामा गिनिज बुक अफ वल्र्ड रेकर्डसमा कीर्तिमान कायम गर्न आगामी शनिबार (फागुन १९ ) गते काठमाडौंको टुँडिखेलमा बुद्धका उपदेश र वचन ‘धम्मपद’ उपदेश वाचन गर्न लागेका हुन् । ‘बुद्ध वर्न इन नेपाल’ नामको सो कार्यक्रममा उपदेश वाचनका लागि देशभरबाट मानिसहरु काठमाडौँमा उपस्थित हुनेछन ।परिषद्का अध्यक्ष दीपक शर्मा बजगाईंले सिद्धार्थ गौतमद्वारा …
पुरा पढ्नुहॊस »प्रदेश २ को गृहमन्त्री बने ज्ञानेन्द्र, फोरमले छान्यो दुई मन्त्री र तीन राज्यमन्त्री
जनकपुरधाम । प्रदेश २ को सरकार विस्तार हुने भएको छ । फोरमबाट दुई मन्त्री र तीन राज्यमन्त्री थपिने भएका छन् । तर, राजपाले अझै नाम दिएको छैन । फोरमले गृह (आन्तरिक मामिला तथा कानुन)मन्त्रीमा ज्ञानेन्द्रकुमार यादवलाई पठाएको छ । गृहमन्त्री बन्न लागेका यादव धनुषा ४ ‘क’बाट निर्वाचित सांसद हुन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा शैलेन्द्र साहलाई पठाइएको छ । शैलेन्द्र सप्तरी २ ‘क’बाट निर्वाचित साह मुख्यमन्त्रीको दावेदार …
पुरा पढ्नुहॊस »इच्छा विपरीत लोला हान्ने वा रंग लगाउनेलाई कारबाही
काठमाडौं । होलीमा इच्छा विपरीत लोला हान्ने वा रंग लगाउनेलाई कारबाही हुने भएको छ । होली पर्वका अवसरमा हुने अवाञ्छित गतिविधि र इच्छा विपरीतका कार्य रोक्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ। फागुपूर्णिमा अर्थात् होलीमा इच्छा विपरीत लोला हान्ने वा रंग लगाउने, फोहर पानी छ्याप्ने, विपरीतलिंगी वा यात्रीलाई दुःख दिनेलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले कारबाही गर्ने चेतावनी दिएको छ । अघिल्ला वर्षहरूमा झैँ बाटो छेकेर होली खेलेको पाइए समेत उनीहरूलार्इ नियन्त्रणमा …
पुरा पढ्नुहॊस »आगामी बजेट अर्थमन्त्रीको परीक्षा
काठमाडौं । मुलुक आर्थिक रूपले कठिन अवस्थामा पुगेको समयमा विज्ञ डा.युवराज खतिवडाले अर्थमन्त्रीको कार्यभार सम्हालेका छन्। यसअघि लामो समय राजनीतिक नियुक्तिको पद बन्दै आएको अर्थ मन्त्रालयमा खतिवडाको आगमनलाई अर्थपूर्ण रूपमा लिइएको छ। आगामी आवको बजेट निर्माणका लागि गति दिने नवनियुक्त अर्थमन्त्रीको पहिलो काम हुनेछ। बजेटलाई वितरणमुखी नबनाएर पूर्वाधार विकासमा केन्द्रित गर्न सके पनि उनले पहिलो परीक्षा सहज रूपमा पास गर्नेछन्। यससँगै धेरै जसो परिसूचक नकारात्मक भएको अर्थतन्त्रलाई सकरात्मक बाटोमा ल्याउनु …
पुरा पढ्नुहॊस »प्रदेश १ को संसद् बैठक आज बस्ने
काठमाडौं । प्रदेश १ को संसद् बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकको मुख्य कार्यसूची प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा समिति गठन र कार्य व्यवस्था परामर्श समिति निर्माण गर्ने भएको छ । अन्तरिम कार्यविधिमा कार्यव्यवस्था परामर्श समिति बढीमा ११ सदस्यीय हुने उल्लेख छ । संसदमा भएका सबै दलबाट १–१ जना अनिवार्य सहभागी हुनेगरी यो समिति गठन गर्नुपर्ने प्रावधान छ । प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा समितिमा भने दलहरुको सहमतिमा …
पुरा पढ्नुहॊस »आज सरकार विस्तार
काठमाडौ ।प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दो श्रो चरणमा सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। मन्त्रिपरिषद् विस्तारको तयारीका लागि एमाले–माओवादी दुवैले आइतबार आ–आफ्ना पार्टी नेतासँग सामूहिक, एक्लाएक्लै छलफलसमेत गरी आन्तरिक तयारी गरेका थिए। प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष दाहालसँग आइतबार साँझ प्रधानमन्त्री निवासमा झन्डै एक घण्टा एक्लै भेट गरी सरकार विस्तारका …
पुरा पढ्नुहॊस »पुतलीसडकको सेयर मार्केटमा आगलागी
काठमाडौ । काठमाडौंको पुतलीसडकस्थित सेयर मार्केट भवनमा केहिबेर अघि आगलागी भएको छ । चारवटा दमकलकाे सहयाेगले आगो निभाउने प्रयास भइरहेकाे छ । विहान १० बजेतिर भवनको पाँचौं तलामा रहेको एनआइएसी ल्यांग्वेज सेन्टरमा आगलागी भएको काठमाडौं प्रहरीले वताएकाे छ। आगो नियन्त्रण गर्न महानगरपालिका तथा नेपाली सेनाका ४ दमकल पुगेका छन् । अहिलेसम्म कुनै मानवीय क्षतिको जानकारी छैन । भवनमा आगो लागेपछि सो क्षेत्र भएर चल्ने सवारी साधनलार्इ डाइभर्ट गरिएको छ
पुरा पढ्नुहॊस »माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु
सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका-६ स्थित मलेठ चोकमा माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुईको जनाको मृत्यु भएको छ । सप्तरीको फत्तेपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख ८२४ नम्बरको हायस माइक्रोबसमा पछाडिबाट आइरहेको को. ३१ प्ा ३३५० नम्बरकेा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक २५ वर्षीय राजेशकुमार साह र पछाडि सवार २६ वर्षीय दीलिप कुमार साह रहेको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहॊस »