समाचार

कारबाही माग गर्दै बंगलादेशका नेपाली विद्यार्थी आन्दोलित

काठमाडौं । बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले  गलत अभिव्यक्ति दिएकाे भन्दै नेपाल स्टुडेन्ट युनियन, बंगलादेशले आपत्ति जनाएको छ । उसले प्रसाईमाथि कानूनी कारबाही तथा थापाले माफी माग्नु पर्ने भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । प्रसाईले बंगलादेशमा मेडिकल शिक्षा अध्यययनरत महिला तथा थापाले त्यहाँको शिक्षाको गुणस्तरमाथि कपोलकल्पित अभिव्यक्ति दिएकाले  आन्दोलनका कार्यक्रम घोषणा गरिएकाे युनियन अध्यक्ष राजु साहले जानकारी दिए । दुवैको अभिव्यक्तिलाई लिएर आलोचना …

पुरा पढ्नुहॊस »

प्रेमीकै सहयोगमा बलात्कार ! सशस्त्र प्रहरीका दुई जवान पक्राउ

काठमाडौं । राजधानीको कलंकीमा एक युवती बलात्कृत भएकी छन् । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले सशस्त्र प्रहरी बलका दुई जवानलाई पक्राउ गरेको छ । पीडितले महानगरीय प्रहरी वृत्त, कालिमाटीको महिला सेलमा दिएको जाहेरीको आधारमा प्रेमी रामशरण पोखरेल र उनका साथी चन्द्र प्रसाईं पक्राउ परेका हुन् । उनीहरु दुबै सशस्त्र प्रहरी बल, बलम्बुमा कार्यरत थिए । घटनाको अनुसन्धान भइरहेको र दुवैमाथि जबरजस्ती करणी र जबरजस्ती करणी प्रयाससम्बन्धी मुद्दा चलाइने कालिमाटीका डिएसपी …

पुरा पढ्नुहॊस »

पाइलटले रक्सी खाएपछि विमानस्थलले रोक्यो फ्लाई

काठमाडौं । पाइलटले रक्सी खाएको थाहा पाएपछि आइतबार बिहान दुबईका लागि उड्न तयार भएको जहाज काठमाडौंको विमानस्थलमै  रोकिएको छ । जहाजका पाइलटले रक्सी खाएको थाहा पाएपछि चालक दलका अन्य सदस्यले विमानस्थल प्रशासनलाई त्यसको जानकारी दिएको स्रोतले बतायो। ‘एक जना पाइलटको शारिरीक अवस्था अस्वाभाविक देखिएको गुनासो आएपछि पाइलटलाई मेडिकल गर्न लगिएको छ ।त्यसको रिपोर्ट  आउन बाँकी छ।

पुरा पढ्नुहॊस »

बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले बलात्कारीलाई मृत्युदण्डको कानून बनाउन माग गरेको छ । सांसदहरुले दिनप्रतिदिन बलात्कारका घटना बढ्दै गएको भन्दै अब कानुन नै परिवर्तन गर्नुपर्ने धारणा राखेका छन् । प्रतिनिधिसभाको आईतबारको बैठकमा सांसदहरुले बलात्कारीहरुलाई मृत्युदण्डको सजायको व्यवस्था गर्न माग गरेका छन् । संसदको शून्य समयमा बोल्दै कांग्रेस सांसदहरु दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी, डिला संग्रौलाले बलात्कारीमाथि कडा कारवाहीको माग गरेका हुन् । कञ्चनपुरको भिमदत्तनगरमा १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको प्रसंग उठाउँदै …

पुरा पढ्नुहॊस »

क्यालिफोर्नियामा शक्तिशाली हावाहुरीले डढेलो फैलिदा ५ को मृत्यु

काठमाडौं । अमेरिकाको उत्तरी क्यालिफोर्नियामा शक्तिशाली हावाहुरीले डढेलो फैलिँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । अन्य १७ जना हराइरहेका छन् । सो क्षेत्रमा अहिले उच्च तापक्रम, कम आद्रता र हावाहुरी चलिरहेकाले पनि आगो फैलिनेक्रम थप दू्रत बनेको आपतकालीन सूचनामा जनाइएको छ ।

पुरा पढ्नुहॊस »

इण्डोनेसियामा शक्तिशाली भूकम्प

काठमाडौं । इण्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी १० जनाको मृत्यु भएको छ भने दर्जनौं घर भत्किएका छन् । आइतबार विहान ७ बजे ६ दशमलब ४ रेक्टर स्केलको भूकम्प इण्डोनेसियाको एक टापूमा गएको बीबीसीले जनाएको छ । यसअघि सन् २०१६ मा गएको ६ दशमलव ५ रेक्टर स्केलको भूकम्पमा परि दर्जनौको ज्यान गएको थियो भने ४० हजार जनता घरबार बिहिनि भएका थिए ।

पुरा पढ्नुहॊस »

प्रस्तावित प्रधानन्यायाधीश जोशीको एसएलसी प्रमाणपत्र शंकास्पद , सिम्बोल नम्बर अर्कैको नाममा

काठमाडौं ।  प्रस्तावित प्रधानन्याधीश दीपकराज जोशीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र सक्कली रहेको भनेर संसदीय सुनुवाई विशेष समितिलाई जवाफ दिए पनि तिथिमितिमा केही गडबडी देखिएको छ । जोशीले बिहीबार सुनुवाईका क्रममा एसएलसीको प्रमाणपत्र एउटै र सक्कली रहेको फोटोकपी पेस गरेका थिए । सनुवाइ समितिका सदस्यहरूका अनुसार जोशीले समितिमा बुझाएको एसएलसीको सिम्बोल नम्बर ९३६६७० अर्कै व्यक्तिको नाममा भेटिएको छ । उक्त सिम्बोल नम्बर परिक्षा बोर्डमा हेमराज लेकालीको नाममा छ। जोशी २०२९ सालमा १० …

पुरा पढ्नुहॊस »

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

बुटवल । पहिरो खसेपछि सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-३ हेडबक्स भन्ने स्थानमा पहिरो खसेपछि आइतबार बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा पाल्पा हुँदै विभिन्न जिल्लाबाट बुटवलतर्फ आइरहेका र बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा लगायतका स्थानतर्फ जाने सवारी साधन र यात्रु बीचमै रोकिएका छन् । भारी वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएको र डोजरले पहिरो पन्छाउन पनि समस्या भएको …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकले एकैसाथ खोल्यो ८ शाखा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले एकैसाथ  ८ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ्गको जहदा, सुनसरीको धरान, भोजपुरको भोजपुर शाखा, रौतहटको चन्द्रपुर, रौतहटकै वृन्दावन, डोल्पाको डोल्पा शाखा, भोजपुरको टेम्केमैयुङ र उदयपुरको कटारीमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो । नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । साथै, धरान, भोजपुर, चन्द्रपुर र कटारी शाखाहरुमा एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ …

पुरा पढ्नुहॊस »

साउन १३ बाट लाइसेन्सको आवेदन खुल्दै

काठमाडौं । एक महिनादेखि बन्द रहेको नयाँ लाइसेन्सको वितरण साउन १३ गते आइतबारबाट खुल्ने भएको छ । लहान, वीरगञ्ज र बाग्लुङबाहेकका सबै लाइसेन्स कार्यालयका लागि साउन १३ गते आइतबारबाट अनलाइन आवेदन खोल्न लागिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । प्रदेश २ले भने लाइसेन्स वितरणको व्यवस्थापन गरेर मात्रै वितरण थाल्ने योजना बनाएको छ । काठमाडौंमा ४ वटै लाइसेन्स कार्यालयले समेत लाइसेन्स आवेदन खुला गर्नेछन् । विभागले एक महिनाअघिबाट हिसाव मिलानका …

पुरा पढ्नुहॊस »