बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले बलात्कारीलाई मृत्युदण्डको कानून बनाउन माग गरेको छ । सांसदहरुले दिनप्रतिदिन बलात्कारका घटना बढ्दै गएको भन्दै अब कानुन नै परिवर्तन गर्नुपर्ने धारणा राखेका छन् । प्रतिनिधिसभाको आईतबारको बैठकमा सांसदहरुले बलात्कारीहरुलाई मृत्युदण्डको सजायको व्यवस्था गर्न माग गरेका छन् । संसदको शून्य समयमा बोल्दै कांग्रेस सांसदहरु दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी, डिला संग्रौलाले बलात्कारीमाथि कडा कारवाहीको माग गरेका हुन् ।

कञ्चनपुरको भिमदत्तनगरमा १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको प्रसंग उठाउँदै रेग्मीले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाउन माग गरिन् । उनले भारत र अमेरिकामा पनि बलात्कारीलाई मृत्युदण्डको सजायको व्यवस्था रहेको जानकारी दिँदै नेपालमा पनि त्यस्तै व्यवस्था गर्नुपर्नेमा जोड दिईन् ।

संसद बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले घटनाको निन्दा र भत्सर्ना गर्दै हत्यारालाई पक्राउ गरी कार्वाही गर्न सरकारसँग माग गरे ।

कांग्रेसकी अर्का सांसद डिला संग्रौलाले सरकार हत्यारालाई पत्ता लगाउनु साटो पीडित परिवारलाई दमन गर्न उद्धत रहेको आरोप लगाइन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कांग्रेस नेताहरुसँगको छलफलपछि प्रधानमन्त्रीको राष्ट्रपति पौडेलसँग भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेट गरेका छन् । आइतबार …

प्रतिकृया दिनुहॊस