समाचार

अपडेट ः काठमाडौंबाट वालिङका लागि हिँडेको बस त्रिशूली नदीमा खस्दा ७ जनाको मृत्यु

काठमाडाै  ।  काठमाडौंबाट वालिङका लागि हिँडेको ना६ख २५०६ नम्बरको बस त्रिशूली नदीमा  खस्दा ७ जनाको मृत्यु  भएको छ । मृत्यु हुनेमा ३ महिला ३ पुरुष र एक बच्चा छन् । ना ६ ख २५०६ नम्बरको यात्रुबहाक बस र ना ५ प ७४०९ नम्बरको ट्रक एक अापसमा ठोक्किदा बस त्रिशुली नदी किनारमा खसेको  थियो । बसमा ३२ जना यात्रु सवार थिए ।

पुरा पढ्नुहॊस »

सरकार–केसीबीचको नौबूँदे सहमतिमा केके सहमति छ ?

काठमाडौँ । सरकार तथा  प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा हिजाे राति नौबुँदे सहमति भएकाे छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौँ, ललितपुर र भक्तपुरमा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान नगरिने जनाइएको छ । आशयपत्र प्राप्त गरी पूर्वाधार पूरा गरेका शिक्षण संस्थाका हकमा भने सम्बन्धित शिक्षण संस्थाले सरकारलाई सम्पत्ति हस्तान्तरण गर्न …

पुरा पढ्नुहॊस »

काठमाडौंबाट वालिङका लागि हिँडेको बस त्रिशूली नदीमा खस्याे, १८ जनाको उद्दार

काठमाडाै  ।  काठमाडौंबाट वालिङका लागि हिँडेको ना६ख २५०६ नम्बरको बस त्रिशूली नदीमा खसेको छ। मुग्लीन पुग्नुभन्दा २५ मिटर अगाडि बस खसेको हो। १८ जना घाइतेको उद्दार गरी उपचारका लागि भरतपुर ल्याउन लागिएको  जिल्ला प्रहरीले जनाएको छ । च्यापिएका केहीको उद्दार भइरहेको  छ । बसमा ३२ जना यात्रु सवार थिए । मुग्लिन मलेखु सडकखण्ड अन्तरगत चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ३ स्थित कुरिनटार र चुम्लिङटारको बीच सडकबाट त्रिशुली नदी किनारमा बस खसेको  थियो ।

पुरा पढ्नुहॊस »

इन्डोनेसियली नेशनल पुलिस प्रमुखद्वारा चन्द्रागिरि केबलकारको भ्रमण

चन्द्रागिरि । इन्डोनेसियाली नेशनल पुलिस प्रमुख प्रोफेसर डा. एच मुहम्द तटो कर्नाभियनले काठमाण्डौको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् । चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले मुहम्दलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै मुहम्दले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण चन्द्रागिरि पर्वतमा अति नै सुन्दर परियोजना निर्माण भएको कुरा व्यक्त गरे । भ्रमणका …

पुरा पढ्नुहॊस »

रसुवामा पहिरोबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

काठमाडौं । अविरल वर्षाको कारण रसुवा जिल्लाको  गोसाइकुण्ड गाँउपालिका–२ टिमुरेमा गएराति भीषण पहिरोमा पुरिएर मृत्यु हुनेको स‌ंख्या नौ पुगेको छ । सिन्धुपाल्चोकको जिल्ला भोटेकोसी गाउँपालिका–५ का श्याम श्रेष्ठ, विक्रम श्रेष्ठ, मंगले तामाङ, भोटेकोसी–४ का रेशम खड्का रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिका–१ थुमन का मिङमार गुम्बु तामाङ, गाउँपालिका–२ टिमुरेका दोर्जे वाङजु घले,उनकी श्रीमती कार्साङ किमो घले, नुवाकोटका रमेश तामाङ र शर्मिला कमिनीकाे पहिराेमा पुरिएर मृत्यु भएकाे हाे । पहिरोले एक पक्की घर क्षति बनाउनाका साथै तीन वटा …

पुरा पढ्नुहॊस »

२१ औं शताव्दीकै लामो चन्द्र ग्रहण आज

काठमाडौं ।  २१ औं शताव्दीको सवैभन्दा लामो खग्रास चन्द्रग्रहण आज लाग्दै छ । खग्रास चन्द्रग्रहणमा चन्द्रमाको पूरा भाग ग्रसित अथवा कालो हुने गर्दछ । यस्तो अवस्थामा सूर्य पृथ्वी र चन्द्रमा एउटै सरल रेखमा पर्ने गर्दछन् । पृथ्वीको छायाँमा चन्द्रमा प्रवेश गरी चन्द्रमाको शुक्लत्व छेकिएको अवस्थामा चन्द्रग्रहण हुने गर्दछ । पूर्ण चन्द्र ग्रहणको सुरुआत राति २ बजेर ९ मिनेटमा सुरु हुने छ । चन्द्र ग्रहणको अन्त्य शनिबार बिहान ४ बजेर ४ मिनेटमा हुनेछ । …

पुरा पढ्नुहॊस »

आज गुरु पूर्णिमा

काठमाडौं ।आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसरी गुरु शब्दको विग्रह गर्दा अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति भन्ने हुन्छ ।  

पुरा पढ्नुहॊस »

रसुवामा पहिरोमा पुरिएर मृत्यु हुनेको स‌ंख्या ८

काठमाडौं । अविरल वर्षाको कारण रसुवा जिल्लाको  गोसाइकुण्ड गाँउपालिका–२ टिमुरेमा गएराति भीषण पहिरोमा पुरिएर मृत्यु हुनेको स‌ंख्या ८ पुगेको छ । सिन्धुपाल्चोकको जिल्ला भोटेकोसी गाउँपालिका–५ का श्याम श्रेष्ठ, विक्रम श्रेष्ठ, मंगले तामाङ, भोटेकोसी–४ का रेशम खड्का रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिका–१ थुमन का मिङमार गुम्बु तामाङ, गाउँपालिका–२ टिमुरेका दोर्जे वाङजु घले, नुवाकोटका रमेश तामाङ र शर्मिला कमिनीकाे पहिराेमा पुरिएर मृत्यु भएकाे हाे ।

पुरा पढ्नुहॊस »

सरकार र केसीबीच सात बुँदे सहमति

काठमाडौं । गोविन्द केसी र सरकारबीच सहमति भएको छ । २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीले सात बुँदे सहमति गरेका छन् । सहमतिमा हस्ताक्षरसँगै केसीको अनसन आजै तोडिने  भएको छ । यसअघि शिक्षा सचिवको नेतृत्वमा रहेको सरकारी वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकमा छलफल गर्ने आफूसँग म्यान्डेट नभएको बताएपछि बुधबार साँझ केसी  र सरकार वार्ता अवरूद्ध भएको थियो।

पुरा पढ्नुहॊस »

डा‍ केसीका माग सम्बाेधन गर्न वार्ता सुरू

काठमाडाै‌ँ । अनसनरत डाक्टर गोविन्द केसीका माग सम्बोधन गर्न सरकार र  केसी पक्षबीच बालुवाटारमा वार्ता सुरु भएकाे छ । शिक्षण अस्पतालका डा. गोविन्द केसीको अनसन अहिलेसम्मकै सबैभन्दा लामो भएकाे छ।  यसअघि शिक्षा सचिवको नेतृत्वमा रहेको सरकारी वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकमा छलफल गर्ने आफूसँग म्यान्डेट नभएको बताएपछि बुधबार साँझ केसी  र सरकार वार्ता अवरूद्ध भएको थियो।

पुरा पढ्नुहॊस »