काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले एकैसाथ ८ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ्गको जहदा, सुनसरीको धरान, भोजपुरको भोजपुर शाखा, रौतहटको चन्द्रपुर, रौतहटकै वृन्दावन, डोल्पाको डोल्पा शाखा, भोजपुरको टेम्केमैयुङ र उदयपुरको कटारीमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । साथै, धरान, भोजपुर, चन्द्रपुर र कटारी शाखाहरुमा एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ ।
तपाईंको प्रतिकृया




