काठमाडौं । एक महिनादेखि बन्द रहेको नयाँ लाइसेन्सको वितरण साउन १३ गते आइतबारबाट खुल्ने भएको छ ।
लहान, वीरगञ्ज र बाग्लुङबाहेकका सबै लाइसेन्स कार्यालयका लागि साउन १३ गते आइतबारबाट अनलाइन आवेदन खोल्न लागिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । प्रदेश २ले भने लाइसेन्स वितरणको व्यवस्थापन गरेर मात्रै वितरण थाल्ने योजना बनाएको छ ।
काठमाडौंमा ४ वटै लाइसेन्स कार्यालयले समेत लाइसेन्स आवेदन खुला गर्नेछन् । विभागले एक महिनाअघिबाट हिसाव मिलानका लागि भन्दै नयाँ लाइसेन्सको वितरण रोकेको थियो ।
तपाईंको प्रतिकृया




