काठमाडाैं । नेपालले औपचारिक माध्यमबाट भित्र्याउने रेमिट्यान्स बढेर वार्षिक ७ खर्ब ५५ अर्ब रुपैया पुगिरहेका बेला यहाँबाट बाहिरिने रेमिट्यान्स पनि बढेर ३ खर्ब ३७ अर्ब १० करोड रुपैया नाघेको छ । विश्व बैकद्वारा हालै अद्यावधिक गरिएको द्विपक्षीय रेमिट्यान्स आप्रवाह तथ्यांकअनुसार सन् २०१७ मा नेपालबाट रेमिट्यान्सबाट ३ अर्ब २२ करोड ५९ लाख अमेरिकी डलर बाहिरिएका छ । गत वा अमेरिकी डलरसँग औसत विनिमयदर १०४ रुपैयाँ ५० पैसा थियो । यो सन् २०१६ …
पुरा पढ्नुहॊस »निजी कम्पनीलाई स्मार्ट लाइसेन्स छाप्ने जिम्मा
काठमाडाैं । सरकारले सवारी चालक अनुमतिपत्र स्मार्ट लाइसेन्स छाप्ने जिम्मेवारी निजी कम्पनीलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सरकारद्वारा छापिँदै आएको स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई दिने निर्णय गरेको हो। यातायात व्यवस्था विभागले उक्त कार्ड छाप्नका लागि दशवटा मेसिन खरिद गरेपछि हाल चारवटा मात्र सञ्चालनमा रहेको छ । विभागले पटकपटक छोटो समयभित्र नै ट्रायल पास गरेका चालकलाई लाइसेन्स उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि पूरा हुन सकेको छैन। साढे पाँच …
पुरा पढ्नुहॊस »निर्मला बलात्कार-हत्याकाण्ड : प्रहरीमाथि छानबिन समितिको शंकैशंका (पूर्ण पाठ)
काठमाडाैं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार-हत्या घटनाको छानबिन गर्न बनेको उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक भएको छ । गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उक्त समितिले घटनामा प्रहरीका तर्फबाट सुरूदेखि नै एकपछि अर्को शंकास्पद घटना भएको प्रतिवेदन दिएको छ । समितिले निर्मला हराएको दिनदेखि अभियुक्त भनी पक्रिएका दीलिपसिंह बिष्टका भित्री लुगाबारे प्रहरीले गरेका काम शंकाको घेरामा रहेको बताएको छ । ३७ पृष्ठ लामो प्रतिवेदनमा निर्मला हराएकै दिनमा प्रहरीलाई जानकारी गराएको …
पुरा पढ्नुहॊस »बझाङमा हिंसाका घटना बढ्दै, घटनाको मुख्य कारण मदिरा
पार्वती ऐडी बझाङ । जिल्लामा महिला हिंसाका विभिन्न खाले घटना बढ्दै गएका छन् । जिल्लाको बिकट बस्तीमा अशिक्षा र अन्धबिश्वासले महिला हिंसाका घटना घटिरहेको एक तथ्याङ्गले जनाएको छ । जिल्लामा मदिरा बेच्ने र सेवन गर्ने कुनै मापदण्ड नबई जतिखेर पनि मदिरा सेवन गर्न पाईने भए पछि, जथाभावी मदिरा सेवनले महिला हिंसा र घरेलु हिंसामा ग्रामीण भेगकी महिला तथा बालबालिका पड्दै आएका छ । सदरमुकाम चैनपुर नजिकै रहेको डाडागाउँका दलित परिवारका …
पुरा पढ्नुहॊस »शिक्षकले नै विद्यालयमा तालाबन्दी गरेपछि…
काठमाडाैं । लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् ।दशैँको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । नियमित पठनपाठन गर्दै आए पनि लामो समयदेखि तलब नपाएकाले विद्यालयमा तालाबन्दी गरिएको शिक्षक रामकुमार साहले जानकारी दिए । शिक्षकले आफूहरु तलब नपाएसम्म विद्यालयमा तालाबन्दी जारी राख्ने र पठ्नपाठन नगर्ने बताएका छन् । यता विद्यालयका प्राध्यनाध्यापक प्रमेश्वर रायले …
पुरा पढ्नुहॊस »डीआर्इजीका लागि ११ एसएसपीको नाम सिफारिस
काठमाडाैं । प्रहरी बढुवा सिफारिस समितिले ११ जना एसएसपीको नाम डीआर्इजीका लागि सिफारिस गरेको छ । शनिबार साँझ बसेको बैठकले ११ जना डीआर्इजीका लागि नाम छनोट गरेको हो । सिफारिस गरिएको नाममा एक नम्बरमा एसएसपी विनोद शर्मा घिमिरे परेका छन् । दोस्रो नम्बरमा विकास श्रेष्ठमा छन् भने तेस्रो नम्बरमा ठाकुरप्रसाद ज्ञवालीको नाम छ ।
पुरा पढ्नुहॊस »रोल्पामा सुरु भयो मोबाइल फोनबाट रक्त दान सेवा
काठमाडाैं । समयमा रगत नपाउँदा मृत्युवरण गर्न बाध्य रोल्पाका बिरामीका लागि तत्काल रक्त सेवा उपलब्ध गराउने उद्धेश्यले जिल्लामा “ब्लड फर रोल्पा” मोवाइल अप्लीकेशनको सुरुवात गरिएको छ। रोल्पाका युवाको सक्रियतामा ‘ब्लड फर मोबाइल एप’ शुरु गरिएको हो। जिल्लामा ब्लड बैंक नहुँदा अप्रेशनको समयमा चाहिने रगत खोज्न निकै सकस हुने देखेर स्थानीय युवाले अभियान सुरु गरेका हुन्। रोल्पाका आठ युवाको सहभागितामा सुरु गरेका हुन्। आकस्मिक रूपमा रगतको आवश्यक परेको खण्डमा यो मोबाइल …
पुरा पढ्नुहॊस »डेढ लाख घुससहित बौद्ध प्रहरी प्रमुख पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्यामकुमार राईलाई रु एक लाख ४० हजार घुससहित पक्राउ गरेको छ । आयोगको टोलीले उनलाई शनिबार साँझ ८ बजे घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको हो । आयोगका प्रवक्ता रामेश्वर दङ्गालले प्रहरी नायब उपरीक्षक पक्राउ परेको जानकारी दिए । उनले भने, “एक व्यवसायीबाट घुस लिँदालिँदै आयोगको टोलीले उनलाई पक्राउ गरेको हो, यसबारे थप अनुसन्धान भइरहेको छ …
पुरा पढ्नुहॊस »दुधालु गोरुः दैनिक दिन्छ एक माना दुध !
काठमाडाैं – पहिले कहींकतै नदेखेको-नसुनेको दूध दिने गोरु हेर्न आउनेको लर्को अझै घटेको छैन । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका इचोक पुरानागाउँस्थित दुधालु गोरु हेर्न आउनेहरुका लागि सेवा दिन र गोरुको संरक्षणका लागि गाउँपालिका आफैं जुटेको समाचार आजको कान्तिपुर दैनिकमा सिन्धुपाल्चोकबाट अनिश तिवारीले लेखेका छन् । पुरानागाउँमै गोरुका लागि घाँसपात, दानापानीको सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोरिरहेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए । ‘दूधको थप ल्याब टेस्ट गर्न बाहिरी देश पठाउने तयारी गरिरहेका छौं,’ …
पुरा पढ्नुहॊस »जीवन मरणको जोखिम मोल्दै यसरी पुग्छन् नेपाली युवा पैदल मार्गहुँदै अमेरिका
काठमाडाैं । अमेरिका धेरैको सपनाको भूमि हो। तर, अमेरिका पुग्न सजिलो छैन । मानव तस्करले मोटो रकम लिएर थुप्रै नेपालीलाई स्थलमार्गबाटै अवैध रूपमा अमेरिका पठाउने धन्दा रोकिएको छैन । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा वासिंटन डिसीबाट चन्द्रशेखर अधिकारीले लेखेका छन् । अवैध गमन रोक्न सरकारले यसअघि प्रयास गरेको भए पनि कूटनीति र अन्तरनिकाय समन्वय अभाव रहेको परराष्ट्र अधिकारी नै स्विर्काछन्। ‘एक निकायले मात्र यो रोक्नै सक्दैन, सहकार्यबाट सम्भव छ,’ ती …
पुरा पढ्नुहॊस »