दुधालु गोरुः दैनिक दिन्छ एक माना दुध !

काठमाडाैं – पहिले कहींकतै नदेखेको-नसुनेको दूध दिने गोरु हेर्न आउनेको लर्को अझै घटेको छैन । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका इचोक पुरानागाउँस्थित दुधालु गोरु हेर्न आउनेहरुका लागि सेवा दिन र गोरुको संरक्षणका लागि गाउँपालिका आफैं जुटेको समाचार आजको कान्तिपुर दैनिकमा सिन्धुपाल्चोकबाट अनिश तिवारीले लेखेका छन् ।

पुरानागाउँमै गोरुका लागि घाँसपात, दानापानीको सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोरिरहेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए । ‘दूधको थप ल्याब टेस्ट गर्न बाहिरी देश पठाउने तयारी गरिरहेका छौं,’ शेर्पाले भने, ‘दुधालु गोरुले सिन्धुपाल्चोकलाई चिनायो, त्यसको संरक्षणमा हामी लाग्नुपर्छ ।’ हाल गाउँपालिकाले दूध दिने गोरुसँगै शिवमन्दिर निर्माण कार्ययोजना बनाइरहेको छ ।

जेठदेखि गाईले झैँ गोरुले दुध दिन थालेको गोरु धनी सोनम तामाङले बताए। गोरुले दिने दुध गाईको जस्तै स्वादिलो छ । गोरुले विहान बेलुका एक माना जति दुध दिन्छ । औषधि हुने भन्दै गोरुको दुधबाट दही र ध्यु बनाउन थालिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलबाट स्पिकरमा लुकाइएको साढे पाँच किलो बढी सुन बरामद

काठमाडौंं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो बढी सुनसहित तीन जना पक्राउ परेका छन्।मंगलबार …

प्रतिकृया दिनुहॊस