डेढ लाख घुससहित बौद्ध प्रहरी प्रमुख पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्यामकुमार राईलाई रु एक लाख ४० हजार घुससहित पक्राउ गरेको छ ।

आयोगको टोलीले उनलाई शनिबार साँझ ८ बजे घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको हो । आयोगका प्रवक्ता रामेश्वर दङ्गालले प्रहरी नायब उपरीक्षक पक्राउ परेको जानकारी दिए । उनले भने, “एक व्यवसायीबाट घुस लिँदालिँदै आयोगको टोलीले उनलाई पक्राउ गरेको हो, यसबारे थप अनुसन्धान भइरहेको छ ।”

अख्तियारको टोलीले उनको अपादर्शी गतिविधिका विषयमा केहि समयदेखि निगरानी बढाएको थियो । उनले व्यवसायीसँग सेटिङ मिलाएर लाखौँ असुल्ने गरेको आरोप लाग्दै आएको थियो ।

उनले बौद्ध क्षेत्रमा व्यापारीहरूबाट रकम असुली गरेर आतंक मच्चाएको भन्दै प्रहरी प्रधान कार्यालयमा समेत उजुरी परेको थियो । तर, शक्ति केन्द्रको संरक्षणको आडमा राईलाई कुनै कारबाही हुन सकेको थिएन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन

काठमाडौँ । पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित …

प्रतिकृया दिनुहॊस

This will auto close after