समाचार

आजदेखि कात्तिक ७ गतेसम्म अदालत बन्द रहने

काठमाडौँ । सर्वोच्च अदालतलले बुधबार घटस्थापनाका दिनदेखि आगामी कात्तिक ७ गते कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने जनाएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जारी गरेको प्रेस विज्ञप्तिमा असोज २४ देखि कात्तिक ७ गतेसम्म अदालतल बन्द रहने भए पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने उल्लेख गरिएको छ । न्याय प्रशासन ऐन २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइ प्रयोजनका लागि विजयादशमी र उल्लेखित अवधिमा पर्ने शनिबारका दिनबाहेक अन्य …

पुरा पढ्नुहॊस »

आज घटस्थापना, वैदिक विधिपूर्वक घरघरमा जमरा राखिँदै

काठमाडाैं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट …

पुरा पढ्नुहॊस »

बझाङ जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो [अपडेट]

काठमाडाैं । बझाङकाे केदारस्युँ गाउँपालिकाको बागथलाबाट बुङ्गल नगरपालिकाको विजगडाका लागि छुटेको से १ ज ७२६ नम्बरको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुंगल नगरपालिकाको ५ मिणिबगरमा भएको जिप दुर्घटनामा घाइते कञ्चनपुर बेदकोट नगरपालिका ५ का ३५ वर्षीय प्रेम बोहराको उपचारको क्रममा देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । यसअघि कञ्चनपुर वेदकोट नगरपालिका ५ बस्ने ६५ वर्षीय विष्नादेवी बोहरा र कैलाली जिल्ला घोडाघोडी नगरपालिका ५ का …

पुरा पढ्नुहॊस »

निर्मला हत्याकाण्डः नागरिक संघर्ष समितिको धर्ना फिर्ता

काठमाडाैं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको वास्तविक हत्यारा र छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै धर्नामा बसेको नागरिक संघर्ष समितिले धर्ना फिर्ता लिएको छ । उच्चस्तरीय छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गरेसँगै समितिले धर्ना फिर्ता लिएको हो । नेपालीहरुको महान चाड दशैँ आएकाले कार्तिक ७ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम फिर्ता लिएको नागरिक संघर्ष समितिले जनाएको छ । मिना भण्डारी नेतृत्वको संघर्ष समितिले उच्चस्तरीय छानविन समितिको प्रतिवेदन सार्वजनिक …

पुरा पढ्नुहॊस »

बामदेवका लागि सांसद पद त्याग्न लागेका मानन्धरले भने- पार्टी निर्णयपछि राजीनामा दिन्छु

काठमाडाैं । काठमाडौँ-७ का सांसद रामवीर मानन्धरले भोलि बस्ने नेकपा केन्द्रीय सचिवालयको बैठकले सोही क्षेत्रबाट बरिष्ठ नेता बामदेव गौतमलाई उठाउने निर्णय गर्ने बताएका छन् । राजधानीमा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद मानन्धरले पार्टीले निर्णय गरेलगत्तै आफूले राजीनामा दिने उद्घोष पनि गरेका छन् । ‘भोलि केन्द्रीय सचिवालयको बैठकले यस सम्बन्धी निर्णय गर्ने संकेत पाएको छु’ सांसद मानन्धरले भने, ‘पार्टीको निर्णयपछि सभामुखकहाँ गएर राजीनामा बुझाउनेछु ।’ सांसद मानन्धरका भनाईमा, नेकपाले प्रत्येक सांसदबाट पहिले …

पुरा पढ्नुहॊस »

अर्थ समितिकाे सरकारलार्इ निर्देशन- दशैँमा उपभोक्तालाई सुपथ मूल्यका वस्तु उपलब्ध गराऊ

काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिले दसैँमा सुपथ मूल्यका बस्तु उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले दसैँ, तिहारजस्ता चाडपर्वको मुखैमा सुपथ मूल्यका बस्तु सहज रुपमा उपभोक्तालाई उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । सुपथ मूल्य पसलको दायरा बढाएर उपभोक्तालाई सहज रुपमा बस्तु र सेवा उपलब्ध गराउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए । समितिले दसैं, …

पुरा पढ्नुहॊस »

 बझाङमा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुकाे पहिचान खुल्याे

पार्वती एेडी बझाङ । बझाङमा भक्तजनहरु बाेकेकाे जीप दुर्घटनामा परेकाे छ । बाग्थलाबाट बुङ्गलकाे बिजगडाका लागि छुटेको से १ ज ७२६ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ । बुङ्गल नगरपालिका- ५ मिणीबगरमा जीप दुर्घटना हुँदा कञ्चनपुर बेदकोट नगरपालिका ५ बस्ने ६५ वर्षिया विष्नादेवी बोहरा र कैलाली जिल्ला घोडाघोडी – ५ का ५६ वर्षिय धन बहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयले बझाङले जनाएको छ । …

पुरा पढ्नुहॊस »

बझाङमा जीप दुर्घटना, २ को मृत्यु, १२ जना घाइते

काठमाडाैं । बझाङको बुङ्गल नगरपालिकामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् । बागथलाबाट बिजगडा जाँदै गरेको से १ ज ७२६ नम्बरको जीप मंगलबार बिहान ६ः३० बजे बुङ्गल नगरपालिकाकाे ठिमीबगर भन्ने ठाउँमा दुर्घटना भएको हो । जीपमा चालकसहित १४ जना सवार थिए । जिल्ला प्रहरी कार्यालय, बझाङका डीएसपी प्रवीण धितालले दुर्घटनाको पुष्टि गर्दै कञ्चनपुर बेदकोट–५ बस्ने ५६ वर्षीय धनबहादुर बोहरा र ६५ वर्षीया विष्नादेवी बोहोराको ज्यान …

पुरा पढ्नुहॊस »

कुलमानको अर्को कदम : कर्मचारीसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफूले प्रवाह गर्ने सेवामा सुधार ल्याउने र विद्युत चुहावट नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखी ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक केन्द्रका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, सचिव एवं प्राधिकरण संचालक समितिका अध्यक्ष अनुपकुमार उपाध्याय र संचालक भक्तबहादुर पुनको उपस्थितिमा नेपालगंज क्षेत्रीय कार्यालय अन्तर्गतका वितरण केन्द्रका प्रमुखसँग नेपालगञ्जमा कार्यसम्पादन सम्झौता गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले …

पुरा पढ्नुहॊस »

भूकम्प पीडितकाे गुनासाे- ‘रातो कार्ड दिए, राहत दिएनन्’

स्याङजा । भूकम्पपीडितले राहत नपाएको गुनासो गरेका छन् । उनीहरुले अहिलेसम्म पहिलो किस्तासमेत पाउन नसकेको बताएका छन् । वालिङ नगरपालिका–४ एलादिका लोकनाथ खनाल पहिलो किस्तासमेत नपाएको बताउनुहुन्छ । “घर भत्कियो, छाप्रो बनाएर बसेको तीन वर्ष बितिसक्यो, राहत पाउन सकेको छैन,” उहाँले भन्नुभयो, “बर्खाभरि पानी चुहिने, यता टाल्यो उता चुहिने, उता टाल्यो यता चुहिने, जाडोबाट बच्न गाह्रो हुने भयो ।” यस्तै गल्याङ नगरपालिका–१० का ज्ञानप्रसाद रेग्मी पहिलो किस्ता पाए पनि दोस्रो किस्ता पाउन …

पुरा पढ्नुहॊस »