बामदेवका लागि सांसद पद त्याग्न लागेका मानन्धरले भने- पार्टी निर्णयपछि राजीनामा दिन्छु

काठमाडाैं । काठमाडौँ-७ का सांसद रामवीर मानन्धरले भोलि बस्ने नेकपा केन्द्रीय सचिवालयको बैठकले सोही क्षेत्रबाट बरिष्ठ नेता बामदेव गौतमलाई उठाउने निर्णय गर्ने बताएका छन् । राजधानीमा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद मानन्धरले पार्टीले निर्णय गरेलगत्तै आफूले राजीनामा दिने उद्घोष पनि गरेका छन् ।

‘भोलि केन्द्रीय सचिवालयको बैठकले यस सम्बन्धी निर्णय गर्ने संकेत पाएको छु’ सांसद मानन्धरले भने, ‘पार्टीको निर्णयपछि सभामुखकहाँ गएर राजीनामा बुझाउनेछु ।’ सांसद मानन्धरका भनाईमा, नेकपाले प्रत्येक सांसदबाट पहिले नै राजीनामा पत्र लिएको छ । ‘मैले त्यही राजीनामा स्वीकृत गर्नमात्र भनेको छु’ मानन्धरले भने, ‘त्यसबाहेक नेतृत्वसँग अरु केही कुरा भएको छैन ।’

यद्यपी, मुलुकको स्थिरता र काठमाडौँ-७ को विकासका लागि गौतमको आवस्यकता रहेको मानन्धरले बताए । काठमाडौँ-७ छाड्नका लागि आफूले कुनै शर्त नराखेको दावी पनि उनले गरे । तर, पार्टीले आवस्यक ठाने राष्ट्रिय सभा सदस्य र मन्त्री बन्न आफू तयार रहेको उनले बताए । ‘राष्ट्रिय सभाको सदस्यले मन्त्री र उपप्रधानमन्त्रीसम्म बन्न पाउँछ’ उनले थपे, ‘पार्टीले बनाएछ भने उपप्रधानमन्त्री पनि बनौँला ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कालीकोट जीप दुर्घटना : यी हुन् मृत्तक र घाइते (नामसहित)

काठमाडौं । कालिकोट जीप दुर्घटनामा गम्भीर घाइते आठ जनालाई सुर्खेत ल्याइएको छ । पलाँता गाउँपालिका–३ …

प्रतिकृया दिनुहॊस