भूकम्प पीडितकाे गुनासाे- ‘रातो कार्ड दिए, राहत दिएनन्’

स्याङजा । भूकम्पपीडितले राहत नपाएको गुनासो गरेका छन् । उनीहरुले अहिलेसम्म पहिलो किस्तासमेत पाउन नसकेको बताएका छन् । वालिङ नगरपालिका–४ एलादिका लोकनाथ खनाल पहिलो किस्तासमेत नपाएको बताउनुहुन्छ ।

“घर भत्कियो, छाप्रो बनाएर बसेको तीन वर्ष बितिसक्यो, राहत पाउन सकेको छैन,” उहाँले भन्नुभयो, “बर्खाभरि पानी चुहिने, यता टाल्यो उता चुहिने, उता टाल्यो यता चुहिने, जाडोबाट बच्न गाह्रो हुने भयो ।”

यस्तै गल्याङ नगरपालिका–१० का ज्ञानप्रसाद रेग्मी पहिलो किस्ता पाए पनि दोस्रो किस्ता पाउन नकसेको बताउनुहुन्छ । रेग्मीलाई जस्तै वालिङ नगरपालिका–१२ का हुमनाथ पराजुलीलाई पनि राहत नपाउँदा समस्या भएको छ । उहाँले पहिलो किस्तासमेत पाउनु भएको छैन । उहाँले भन्नुभयोे, “घर पूर्ण रूपमा क्षति भएपछि भत्काएर जसोतसो बनाएँ, रातो कार्ड त दिएका छन्, राहतको पहिलो किस्तासमेत अहिलेसम्म पाइएको छैन ।”

जिल्लामा भूकम्प प्रभावितको सङ्ख्या नौ हजार ३३३ रहेको छ । आठ हजार ७६६ को पूर्ण क्षति तथा ५६७ को घर आंशिक रुपमा क्षति भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यालयले जनाएको छ । पाँच सय जनाले विभिन्न कारणले पहिलो किस्ता पाएका छैनन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सप्तकोशी नदी किनारमा महिला र पुरुषको शव फेला

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोशी नदी किनारामा एक महिला र एक पुरुषको शव फेला …

प्रतिकृया दिनुहॊस