समाचार

विराटनरगमा हिरासतको रड काटेर दुई अभियुक्त फरार

विराटनगर । विराटनरगमा प्रहरी हिरासतबाट हिरासतको रड काटेर दुई अभियुक्त फरार भएका छन्। हिरासतबाट थुनुवाहरु मोहमद आरिफ हुसेन र सदिम हुसेन भागेका हुन् । उनीहरु विराटनगर १७ का मोहम्मद अस्ताक हुसेन हत्याको अनुसन्धानका क्रममा पक्राउ परेका थिए । प्रहरीका अनुसार  हिरासतको पछाडिपट्टि झ्यालको ६ वटा रड काटेर थुनुवाहरु भागेका हुन् ।

पुरा पढ्नुहॊस »

दोलखाको शेर्पा बस्तीमा आगलागीहुँदा,२को मृत्यु

दोलखा।दोलखाको गौरीशंकर गाउँपालिका-९ टासिनाम आगलागी हुँदा एकै परिवारका  २ को मृत्यु भएको छ भने एक गम्भीर घाइते छन्। टासिनामको शेर्पा बस्तीस्थित भूकम्प प्रभावित गोपाल शेर्पाको टहरोमा आगलागी हुँदा शेर्पाकी आमा ८० वर्षीया डालकी शेर्पा  र  १२ छोराको घटनास्थलमै मृत्यु भएको हो। आगलागीबाट गोपालको जेठो छोरा १९ वर्षीय फुर्साङ शेर्पा घाइते भएका छन्। बिहान  २ बजे लागेको आगो साढे ४ बजे  प्रहरी र स्थानीयको पहलमा नियन्त्रणमा आएको थियो।

पुरा पढ्नुहॊस »

नेकपा प्रदेश कमिटी सदस्यको नाम टुंग्याउने जिम्मा दुई नेतालाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सात प्रदेश कमिटी सदस्यको नामावली टुंगो लगाउन दुई नेतालाई जिम्मा दिने भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रदेश कमिटीमा रहने सदस्यहरूको नामावली टुंगो लगाउने जिम्मा महासचिव विष्णु पौडेल र गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादललाई दिने भएको हो । पौडेल र थापा रहने उक्त कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यहरु चयन गर्ने र त्यसलाई सचिवालय बैठकमा पेश गर्नेछ ।

पुरा पढ्नुहॊस »

कञ्चनपुरबाट मोटरसाइकल चोरी गर्ने दुई युवा पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका–८ का रुकुमसिंह ठगुन्नाको पल्सर मोटरसाइकल र लालसिंह महराको सुपरस्पलेण्डर मोटरसाइकल चोरी गरेको आरोपमा १९ वर्षीय जीवन धानुक र २१ वर्षीय दिप्पु भनिने दिपेश बोहरालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । जीवनलाई भीमदत्तनगरबाट र दिपेशलाई गाउँबाटै नियन्त्रण लिई प्रहरीले हिरासतमा राखेको छ । पक्राउ परेका दुवैमाथि चोरीसम्बन्धी मुद्दा चलाइने बताइएको छ ।

पुरा पढ्नुहॊस »

नेकपाको सचिवालय बैठक जारी

काठमाडौं । हिजो स्थगित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान ११ बजेदेखि बैठक बसिरहेको छ । बैठकमा पार्टी एकीकरण, जनसंगठनहरूको एकीकरण, सरकार र संसद्को कामको समीक्षा, पोलिटब्युरो, केन्द्रीय विभाग र केन्द्रीय निकायहरूको गठनलगायतका करिब एक दर्जन एजेन्डा माथी छलफल हुने कार्यसूची रहेको छ । यस्तै, बैठकमा प्रचण्डको भोलि हुने भारत भ्रमणका विषयमा समेत छलफल हुने जनाइएको छ ।

पुरा पढ्नुहॊस »

भारतीय नेता यचुरी काठमाडौंमा

काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी आज काठमाडौं आएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आयोजना गर्ने चियापान कार्यक्रममा सहभागी हुन उनी बिहीबार बिहान काठमाडौं आएका हुन् । यचुरीलाई नेकपाका नेता कृष्णगोपाल श्रेष्ठ र विष्णु रिजालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट्ने कार्यक्रम …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिद्वारा भक्तपुर नवदुर्गाको पुजा तथा प्रसाद ग्रहण

भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको अन्तिम दिन आज भक्तपुरमा अवस्थित नवदुर्गा भवानी मन्दिरमा पूजाअर्चना र दर्शन गरेकी छन् । राष्ट्रपति भण्डारी विशेष सुरक्षाका साथ भक्तपुरमा रहेको नवदुर्गा मन्दिरमा पुगेर पुजा आराधना गरेकी हुन् । उनले करिब १५ मिनेट मन्दिरमा विताएकी थिइन् । हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा मन्दिरमा राष्ट्रप्रमुखले पूजा अर्चना गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ । वि.सं. २०४५ साल देखि राष्ट्रप्रमुखले नवदुर्गाको पूजाअर्चना गर्ने …

पुरा पढ्नुहॊस »

युवकको झुण्डी रहेको अवस्थामा शव भेटियो

दाङ । दाङको भालुबाङमा एक युवकको झुण्डी रहेको अवस्थामा शव फेला परेको छ । भालुबाङ बजारस्थित जय माँ दुर्गा भवानी फर्निचर पछाडि राप्ती नदीको किनारमा रहेको तटबन्ध छेउमा बुधबार बिहान अन्दाजी ४० बर्षका युवकको झुण्डी रहेको अवस्था शव भेटिएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । शव राप्ती नदीमा बनाइएको तारजालीको तटबन्धमा झुण्डिएको अवस्थामा शव फेला परेको हो । शव कसको हो भन्ने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । …

पुरा पढ्नुहॊस »

बडादशैंको अन्तिम दिनः कोजाग्रत पूर्णिमा मनाइँदै

काठमाडौं । आज बडादशैंको अन्तिम दिन अर्थात आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादशैं आज कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा–आराधना गरी विसर्जन गरिन्छ । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न …

पुरा पढ्नुहॊस »

उद्योगमन्त्री यादव र डब्लुटिओका महानिर्देशकबीच भेटवार्ता

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादव र विश्व व्यापार संगठन (डब्लुटिओ)का महानिर्देशक रोबर्टो अजेभेदोबीच जेनेभामा भेटवार्ता भएको छ । विश्व व्यापार संगठनको मुख्यालयमा सोमबार भएको वार्तामा व्यापारसँग सम्बन्धित विभिन्न मुद्दाहरु, बहुपक्षीय व्यापार प्रणालीका साथै नेपाल लगायत अन्य अतिकम विकशित देशहरुको व्यापार मुद्दाहरुमा छलफल भएको थियो । वार्तामा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयकी सचिव याम कुमारी खतिवडा, स्विजरल्याण्डका लागि नेपाली राजदूत दिपक धिताल लगायतको उपस्थिती रहेको थियो …

पुरा पढ्नुहॊस »