काठमाडौं । हिजो स्थगित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान ११ बजेदेखि बैठक बसिरहेको छ ।
बैठकमा पार्टी एकीकरण, जनसंगठनहरूको एकीकरण, सरकार र संसद्को कामको समीक्षा, पोलिटब्युरो, केन्द्रीय विभाग र केन्द्रीय निकायहरूको गठनलगायतका करिब एक दर्जन एजेन्डा माथी छलफल हुने कार्यसूची रहेको छ ।
यस्तै, बैठकमा प्रचण्डको भोलि हुने भारत भ्रमणका विषयमा समेत छलफल हुने जनाइएको छ ।
तपाईंको प्रतिकृया




