कञ्चनपुरबाट मोटरसाइकल चोरी गर्ने दुई युवा पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

शुक्लाफाँटा नगरपालिका–८ का रुकुमसिंह ठगुन्नाको पल्सर मोटरसाइकल र लालसिंह महराको सुपरस्पलेण्डर मोटरसाइकल चोरी गरेको आरोपमा १९ वर्षीय जीवन धानुक र २१ वर्षीय दिप्पु भनिने दिपेश बोहरालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

जीवनलाई भीमदत्तनगरबाट र दिपेशलाई गाउँबाटै नियन्त्रण लिई प्रहरीले हिरासतमा राखेको छ ।

पक्राउ परेका दुवैमाथि चोरीसम्बन्धी मुद्दा चलाइने बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री