राष्ट्रपतिद्वारा भक्तपुर नवदुर्गाको पुजा तथा प्रसाद ग्रहण

भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको अन्तिम दिन आज भक्तपुरमा अवस्थित नवदुर्गा भवानी मन्दिरमा पूजाअर्चना र दर्शन गरेकी छन् ।

राष्ट्रपति भण्डारी विशेष सुरक्षाका साथ भक्तपुरमा रहेको नवदुर्गा मन्दिरमा पुगेर पुजा आराधना गरेकी हुन् । उनले करिब १५ मिनेट मन्दिरमा विताएकी थिइन् ।

हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा मन्दिरमा राष्ट्रप्रमुखले पूजा अर्चना गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ । वि.सं. २०४५ साल देखि राष्ट्रप्रमुखले नवदुर्गाको पूजाअर्चना गर्ने परम्परा बसेको हो ।

मन्दिर आइपुगेका राष्ट्रपतिलाई वनमाला गुठीका नाइके इन्द्रबहादुर वनमालाले नवदुर्गा देवगणको प्रसादका रूपमा फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गरेका थिए । नवदुर्गा मन्दिरका मूल पुजारी जुलाल कर्माचार्यले राष्ट्रपति भण्डारीलाई नवदुर्गाको पुजा एवं टीका प्रसाद प्रदान गरी स्वागत गरेका थिए ।

आर्थिक अभाबका कारण मन्दिरको पूजाअर्चना रोकिने अवस्थाबारे हरेक राष्ट्रप्रमुखहरुलाई अवगत गराएता पनि कसैले वास्ता नगरेको वनमाला गुठीका अध्यक्ष व्रिजेस बनमालाले गुनासो पोखे ।

त्यस्तै राष्ट्रपति भण्डारीलाई तलेजु मन्दिरका मूलपुजारी नरेन्द्र जोशी तलेजुको टीका तथा प्रसाद प्रदान गरेका थिए ।

राष्ट्रपति भण्डारीले यस वर्ष एक हजार ५ रुपैयाका दर २२ जना देवगणहरुलाई दक्षिणा दिएकी थिइन् । गत वर्ष भने पाँच सय ५ रुपैयाँका दरले दक्षिण दिइएको थियो ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

अख्तियारद्वारा सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद …

प्रतिकृया दिनुहॊस