काठमाडौं । सर्लाहीको रामनगर .४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडप हुदाँ गोली लागि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रामविलास महतो छन् ।महतो कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । गोली चल्दा ६ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहॊस »विप्लवले खुलामञ्चमा संवोधन गर्ने, कार्यक्रममा वैद्यलाई पनि निम्तो !
काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ८ गते काठमाडौंमा जनसभा गर्दै छ। भूमिगत शैलीमा आफ्ना गतिविधि अघि बढाएको आरोप लागेको सो पार्टीले मंसिरमा खुलामञ्चमा जनसभा गर्न लागेको हो। सभामा १ लाख बढी जनतालाई सहभागी गराउने योजना बनाएको नेकपाले जनाएको छ। यो खबर आजको समाचारपत्र दैनिकमा प्रशान्त ओलीले लेखेका छन्। हाल विप्लव कहाँ छन् भन्ने जानकारी गराइएको छैन । केही दिनअघि नेकपाको चियापान कार्यक्रममा विप्लव बस्ने स्थान पत्ता नलागेपछि …
पुरा पढ्नुहॊस »जेलबाटै यसरी चल्दोरैँछ समीरको आपराधिक सञ्जाल
काठमाडाैं । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा जेल सजाय भोगिरहेका समीरमान सिंह बस्नेतले जेलबाटै आपराधिक गतिविधि सञ्चालन गरेको खुलेको छ। प्रहरीले सोही हत्या अभियोग लागेका तीनजनालाई पक्राउ गरेपछि बस्नेतले जेलबाटै फिरौती असुलीलगायतका आपराधिक गतिविधि सञ्चालन गरेको खुलेको हो। यो खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्। पछिल्लोपटक बस्नेतको निसानामा मिडिया सञ्चालक र अरु केही निर्माण व्यवसायी रहेको प्रहरीको दाबी छ। बस्नेत समूहबाट फोन आउन थालेपछि निर्माण …
पुरा पढ्नुहॊस »निर्मला पन्त बलात्कार र हत्या प्रकणः आसपासका सयौँको डिएनए परीक्षण गर्ने तयारी
काठमाडाैं । निर्मला पन्त बलात्कारपछि हत्या अनुसन्धान परिणाम ९७ दिनसम्म पनि शुन्यमै रहेपछि प्रहरीले कञ्चनपुरमा सयौँ व्यक्तिको डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ। घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका आफन्तहरुको समेत डिएनए परीक्षण गर्न लागिएको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्। मंगलबार डिएनए परीक्ष्णका लागि थप चार जनाको रगत परीक्षण गर्न लागिएको छ। अनुसन्धानका क्रममा विभिन्न कोणबाट धेरै शंका देखिएका व्यक्तिहरुको डिएनए परीक्षण गर्न लागिएको कञ्चनपुरका एसपी कुवेर कडायतले …
पुरा पढ्नुहॊस »वैदेशिक रोजगारीमा मलेसिया जान अब ५ हजार ८०० रुपैयाँमात्र
काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीले अब ५ हजार ८०० रुपैयाँमात्र खर्चिए पुग्ने भएको छ । नेपाल र मलेसिया सरकारबीच सोमबार काठमाडौंमा भएको दुई पक्षीय समझदारीले डेढ लाखसम्म खर्चनुपर्ने बाध्यता हटाएको हो । समझदारीमा ‘सरकारलाई बुझाउने श्रमिक कल्याणकारी कोषको एक हजार र बिमाको ४ हजार ८२५ रुपैयाँबाहेक सबै खर्च रोजगारदाताले बेहोर्ने उल्लेख छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संसाधन मन्त्री कुला सेगरनले समझदारीपत्रमा …
पुरा पढ्नुहॊस »राष्ट्रपति भण्डारी चार दिने भ्रमणका लागि कतार प्रस्थान
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीको कतार प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारी चार दिने भ्रमणका लागि आज कतार प्रस्थान गरेकी हुन् । उनी १५ गते नेपाल फर्कने छिन् । भ्रमणमा राष्ट्रपतिसँगै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पनि कतार प्रस्थान गरेका छन् । भ्रमणका क्रममा स्वास्थ्य, कृषि, सुरक्षासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने सरकारको तयारी छ ।
पुरा पढ्नुहॊस »सिनामंगलमा फेला पर्यो बेवारिसे शव
काठमाडौं । काठमाडौंको सिनामंगलमा बेवारिसे शव फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सिनामंगलको गोल्डेन गेटसँगैको कल्भर्ट मुनि शव फेला परेको हो । शव पुरुषको भए पनि पहिचान नभएको घटनास्थलमा रहेका इन्सपेक्टर शैलेन्द्र कुमार भट्टले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
पुरा पढ्नुहॊस »प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमा राखिने भएको छ । प्रधानमन्त्रीको निजी चिकित्सक दिव्या सिंहका अनुसार उनको छातिमा संक्रमण देखिएको छ । रुघा खोकीसँगै ज्वरो बढेपछि गए राति प्रधानमन्त्री ओलीलाई शिक्षण अस्पताल पुर्याइएको थियो । उनको हाल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सिसियुमा राखेर उपचार भइरहेको छ । सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर उत्तम श्रेष्ठद्वारा जारी विज्ञप्तीमा ओलीको छातीमा संक्रमण देखिएको र शरिरमा चिनीको मात्रा असन्तुलित देखिएको …
पुरा पढ्नुहॊस »प्रधानमन्त्री भेट्न प्रचण्डसहितका ने क पाका शीर्ष नेता अस्पतालमा
काठमाडाैं । स्वास्थ्य अवस्थामा थप समस्या आएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का शीर्ष नेताहरु अस्पताल पुगेका छन् । ने क पाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेताहरु शिक्षण अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री रामबहादुर थापा अस्पताल पुगेका थिए । यस्तै, ने क पाका महासचिव विष्णु …
पुरा पढ्नुहॊस »देशैभरी चिसो बढ्यो, काठमाडौंमा ८ डिग्रीमा झर्यो तापक्रम
काठमाडाैं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। दसैंअघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि दसैंलगत्तै तापक्रम घटेको हो। उपत्यकासहित देशभर नै चिसोको प्रभाव विस्तार हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार वायुमण्डलको प्रभावका कारण चिसो बढेको हो। धुँवाधुलोले गर्दा पनि वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको मौसमविद्हरूले बताएका छन्। अघिल्लो वर्ष १० कात्तिकमा काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेकामा यसपटक ८ दशमलव २ …
पुरा पढ्नुहॊस »